बस दुर्घटना



 

दिल्ली,(एजेनसी)
उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा त्यसमा सवार यात्रुमध्ये कम्तीमा २९ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् । उत्तरी राज्य उत्तर प्रदेशमा भएको यस सडक दुर्घटनामा अन्य २३ यात्रु गम्भीर घाइते भएको बताइएको छ ।

भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ तर्फ जाँदै गरेको सो बस आग्राको सडक किनारबाट करिव पचास फिट मुनिको खोँचमा खसेको थियो । स्थानिय प्रहरीले २७ जनाको घटनास्थलमै र अन्य २ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्