नवनियुक्त सदस्य–सचिवद्वारा पदबहाली



काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले पदबहाली गरेका छन् । सिलवाललाई सोमबारै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सदस्य–सचिवमा नियुक्त गर्नुभयो ।

पदबहाली अघि खेलकुद मन्त्री विश्वकर्माले सिलवाललाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको थियो । निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको ४ वर्षे कार्यकाल असार ९ गते सकिएपछि सदस्य–सचिव पद रिक्त थियो ।

सिलवालले आफूले सबै भन्दा माया गर्ने विधा खेलकुद भएको बताउदै जागिर खान नभइ खेलकुदमा केहि गरौं भनेर खेलकुद परिषद्मा आएको बताए । १३ औं साग अवसर र चुनौती दुवै भएको बताउदै साग समयमै आयोजना हुनु पर्छ भन्नेमा आफू सचेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्