‘मुस्लिम बालबालिकालाईअभिभावकबाट अलग्याएको छैन’



बेइजिंग, (एजेन्सी)
संयुक्त अधिराज्यका लागि चीनका राजदुतले आइतवार पश्चिमी चीनको सिन्जियांगमा मुश्लिम बालबालिकाहरुलाई लगातार रुपमा आफ्ना अभिभावकहरुबाट छुट्याउने काम भइरहेको भन्ने अरोपको खण्डन गरेका छन् । हालै विविसिले सार्वजनिक गरेको एक समाचार प्रतिवेदनमा अल्पमत जातिय समुह उइघु मुश्लिमका सयौं बालबालिकाका अभिभावकहरु हिरासतमा रहेका , तथा यातना शिविर वा कारगारमा थुनिएका उल्लेख गरिएको छ ।

यहिवेला चीनले उइघुर बालबालिका माथि मध्य नजर राख्दै आवासिय बिद्यालयहरु निर्माण गर्ने बृहत अभियानको थालनी गरेको छ । तर राजन्तिक समिक्षकहरुले अन्य बालबालिकालाई मुश्लिम समदायबाट टाढा राख्ने उद्देश्यले यो अभियान चलाइएको हुनुपर्ने बताएका छन् ।

तर चिनिया राजदुत लिउ सियाओमिंगले तिनीहरुको यस भनाईको खण्डन गरेका छन् । आइतवार उनले विविसिका पत्रकार एन्ड्रयु मार सोमा बताएका छन् , ‘ कुनै पनि हालतमा मुश्लिम बालबालिकालाई तिनीहरुका अभिभावकहरुबाट छुट्याउने काम भइरहेकाे छैन ।

यदि कसैका बालबालिका हराएको खवर भएका मलाई नाम दिनुहोस् , म तिनीहरुको खोजिमा सहयोग गर्नेछुँ । ’ विविसिले भने सिन्जियांग शहरमा मात्र चार सय जना भन्दा बढि बालबालिकाहरु आफ्ना अभिभावकबाट टाढिएर बस्न बाध्य भएके जनाएको छ ।

चीन सरकारले भने उइघुरहरुलाई व्यावशायिक तालिम केन्द«हरुमा शिक्षा दिने नाममा आतंककारीको रुपमा तयार पारिँदै गरेको आरेप लगाउने गरेको छ । विविसिले भने चिनिया प्रशासनले दस लाख भन्दा बढि संख्यामा मुश्लिमहरुलाई वन्दि शिविरहरुमा राखेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्