तम्घासमा मुक्तिनाथ विकास बैंकको शाखा शुभारम्भ



अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा मुक्तिनाथ विकास बैंकको शाखा बिस्तार भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा एक समारोहका बिच १ सय २०औं शाखाको रुपमा शाखा शुभारम्भ भएको हो ।

शाखाको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गर्नुभएको हो । शाखाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले बैंकले किसान र साना उद्योगीहरुलाई सर्वसुलभ व्याजदरमा ऋण प्रवाह गर्न आग्रह गर्नुभयो ।

जिल्लामा बिभिन्न कृषि तथा साना व्यवसाय गर्ने कृषकहरुलाई सर्बशुलभ ढंगबाट ऋण दिएर कृषक साना उद्योगीहरुलाई राहत प्रदान गर्न आग्रह गर्नुभयो । बैंकहरुले पैसा जम्मा गर्ने, नाफा कमाउने मात्रै ठूलो कुरा नभई सबै क्षेत्रलाई सहज सरल सेवा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।

कुनै समय राष्ट्रिय बाणिज्य बैंक मात्रै हुँदा सेवा लिन दिनभर कुर्नुपर्ने समयबाट बैंकहरु स्थापनासँगै सेवा लिन सहज बनाएको बताउनु भयो । नयाँ बैकहरु स्थापनासँगै सेवाग्रहरीले छिटो छरितो ढंगबाट सेवा पाइरहेको बताउनु भयो ।

कार्यक्रममा बैंकका क्षेत्रिय कार्यालय पोखराका प्रमुख बावुराम ढकाल, बुटवल क्षेत्रिय शाखा प्रमुख गोबिन्द पोखरेल, गुल्मी शाखा प्रमुख तेजप्रसाद न्यौपानेले स्याङजाको पुतलिबजार नगरपालिकाबाट २०५९ सालमा १ करोड २० लाखको चुक्ता पूँजीबाट स्थापना भएको बैंकले पछिल्लो सयम यता फड्को मार्दै गएको बताउनु भयो । उहाँहरुले बैंकले कस्तो सेवा प्रदान गरेको छ भन्दा पनि जनतालाई सेवा प्रवाहमा सहज भएको छ की छैन् भन्ने प्रमुख कुरा रहेको बताउनु भयो ।

बैंकले लगानी गरेको ऋणले उत्पादन गरेको छ की छैन् त्यसले कतिको प्रभाव पारेको छ जिवन स्तरमा सुधार भएको छ की छैन् भन्ने मुख्य बिषय रहेको बताउनु भयो । बैंक अरु बैंक भन्दा बिशेष छ भन्ने सेवाग्रहीले महसुस गर्न पाउनु पर्नेमा जोड दिनु भयो ।

बैंकले बिना धितो लगानि गरेको, ३ लाख सम्म बहिलाहरुलाई लगानी गरेको बैंकले जनाएको छ । बैंकले जम्म रकम मध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको बैंकले जनाएको छ । बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ६ करोड रहेको छ ।

पछिल्लो चैत्र अन्तिम सम्मको निक्षेप ४२ अर्ब र ३७ अर्ब लगानी रहेको बैंकले जनाएको छ । शाखा शुभारम्भ कार्यक्रममा जिल्ला स्थित बिभिन्न संघ संस्थामा प्रमुख स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्