कोपा अमेरिकामा अनियमितताः रेफ्रि किनेको मेसीको दावी, अवार्ड लिन अस्वीकार



एजेन्सी, फुटबल स्टार लिओनल मेसीले कोपा अमेरिका २०१९ मा अर्जेन्टिनामाथि भेदभाव भएको आरोप लगाएका छन्।

आइतबार भएको तेस्रो स्थानको खेलपछि मेसीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै मेडल समेत लिन अस्वीकार गरेका छन्।

आइतबार तेस्रो स्थानका भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २–१ को जित निकालेर कास्य पदक जितेको थियो। मेसीले खेलको ३७ मिनेटमा रातो कार्ड पाएका थिए। उनको यो खेल जीवनको दोस्रो रातो कार्ड हो।

आयोजकप्रति असन्तुष्टि जनाएका मेसी तेस्रो स्थानको मेडल वितरण भइरहदा उनी उपस्थित नभएपछि हंगामा भएको हो । त्यसपछि प्रदान गरिएको ट्रफी विरतरणमा पनि अर्जेन्टिनी कप्तान मेसीले सहभागिता जनाएनन्।

यसअघि ब्राजिलविरुद्धको खेलपछि पनि मेसीले रेफ्रीले ब्राजिलको पक्ष लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। सो खेलमा ब्राजिलले अर्जेन्टिनामाथि जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्