सुन्दर बन्ने होडमा प्रजनन शक्ति गुम्दै



लन्डन,(एजेन्सी)
हालै बैज्ञानिकहरुले आधुनिक विकासलाई व्यँग्य गर्ने क्रममा आफ्नो शारिरीक स्वरुप सुन्दर पार्न खोज्ने प्रयासमा पुरुषहरुले प्रजनन शक्ति गुमाउन पुग्ने रोेचक तथ्य बाहिर ल्याएको छ । शरिरलाई निकैसुगठित पार्न लिइने स्टेरोइडको सहारा र कपाल झर्न नदिन खाइने औषधि चक्कीको कारण तिनीहरुको उर्वरता मा क्षति पु¥याउने गरेको बैज्ञानिकहरुले बताएका छन् ।

बैज्ञानिकहरुले यस समस्यालाई बिज्ञानकै भाषामा ‘ मोस्सम्यान – पेसी प्याराडोक्स ’ को संज्ञा दिएका छन् । प्रजनन प्रक्रिया हुने समस्याको कारण सन्तान नपाउँदाधेरै दम्पती निकै दुखित हुने गरेका छन् । हाल संयुक्त राज्य अमेरिका स्थित ब्राउन युनिभर्सिटीमा कार्यरत डा. जेम्स मोस्म्यान अहिले प्रजनन समस्या लिएर सोधखोज आउने पुरुषहरुको संख्यामा अप्रत्यासित वृद्धि भएको बताउँछन् ।

स्टेरोइडको दुरुपयोग सम्बन्धमा वेलायतको सेफिल्डमा बिद्यावारिधी गर्दै गर्दा नै अध्ययनलाई प्रजनन समस्यासंग जोडेका मोस्सम्यानले विविसिलाई भनेका छन् , ‘ विकासको चरम प्रविधि प्रयोग गरेर तिनीहरु आफ्नो स्वरुपलाई निकै सुन्दर बनाउन चाहन्छन् । तर यसैदौरान तिनीहरुले आफ्नो स्वास्थ नराम्ररी बिगारिरहेका छन् । किनभने तिनीहरुमा स्खलनका लागि विर्यको समेत अभाव देखिन थालेको छ । ’

एनाबोलिक स्टेरोइडको प्रयोगले शरिर भित्र रहेको पुरुष हर्मोन टेस्टेरोनलाई नकारात्मक रुपमा प्रभावित गर्ने गर्दछ । यस स्टेरोइडलाई शरिरको माँशपेसी बढाउनका लागि प्रयोग गरिने गरिएको छ । शारिरीक सुगठनमा संलग्न पुरुषहरुले यसलाई नियमित रुपमा प्योग गर्ने गर्दछन् ।

युनिभर्सिटी अफ सेफिल्डका प्रोफेसर अल्लान पेसीले महिलाहरुलाई आकर्षित गर्नका लागि जिम जाने तर आफ्नो उर्वरता गुमाउने गरेको बताएका छन् । एनाबोलिक स्टेरोइडले पुरुषको मस्तिष्कको पिट्युटरी ग्रन्थीलाई प्रभावित गर्दा विर्य उत्पादनका लागि अत्यावश्यक एफएसएच र एलएच नामक दुईवटा हर्मोनको उत्पादन नै बन्द हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्