प्रशिक्षक मारिए



रोम,(एजेनसी)
दक्षिणी इटालीमा सर्कसका लागि पूर्व अभ्यास भइरहेकोबेला चारवटा बाघले अचानक आक्रमण गरेपछि प्रशिक्षकको मृत्यु भएको छ ।

बारी शहरको ट्रिगियानोमा विहिवार साँझ ६१ वर्षिय एत्तारे वेवरलाई पहिला एकजना बाघले झम्टेको र लगत्तै अन्य तीनजनाले पनि आक्रमण गरेको स्थानिय संचार माधयमले पुष्टि गरेको छ ।

सकर्सका अन्य कर्मचारी र स्वास्थ टोलिले हस्तक्षेप नगरुन्जे तिनीहरुले उनलाई टेक्ने र चिथोर्ने गरेका थिए । पछि उपचारक ैक्रममा उनको अस्पतालमा मृतयु भएको हो । वेवर इटालीकै एक कुशल सर्कस प्रशिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्