पल्टेको ट्यांकर विस्फोट हुँदा तेल संकलन गर्ने ४५ को मृत्यु



अहुम्बे (एजेन्सी)
नाइजेरियाको बेनुए प्रान्तमा सडकमा पल्टेको ट्यांकर विस्फोट हुँदा पेट्रोल संकलन गर्न पुगेका दर्जनौंको मृत्यु भएको छ । पल्टेको ट्यांकरबाट पोखिरहेको पेट्रोल संकलन गर्न त्यहाँका स्थानिय पुगेको र त्यसको केही समयपछि विस्फोट भई उक्त दुर्घटना निम्तिएको जनाइएको छ ।

विस्फोटमा कम्तिमा ४५ जनाको ज्यान गएको छ । यस दुखद घटनामा १ सय भन्दा धेरै घाइते भएको बताइएको छ । देशको आपतकालिन सेवा निकायले उक्त घटनाको जानकारी दिँदै ट्यांकर मध्य बुनुए प्रान्तको अहुम्बे गाउँ हुँदै गइरहेको बताए । ट्यांकर पल्टेको वरपर केही पसलहरु थिए ।

ट्यांकरबाट पोखिरहेको पेट्रोल लिन केही स्थानिय घटनास्थल पुगेका थिए । करीब एक घन्टासम्म ट्यांकरबाट चुहेको तेल संकलन गरिरहेको तर अचानक ट्यांकर विस्फोट भएपछि आगलागीको चपेटामा उनीहरु सबै परेको बताइएको छ ।
बेनुए प्रान्तका संघिय सडक सुरक्षा आयोगका सेक्टर कमान्डर आलियु बाबाले भने– हामीले घटनास्थलबाट ४५ शव निकालेका छौं , घटनामा १ सय १ जना गम्भिर रुपमा जलेर घाइते भएका छन् ।

दुर्घटनाको गम्भिरतालाई हेर्दा मर्नेको संख्यामा बृद्धी हुने आसंका रहेको र उद्धार कार्य अझै पनि जारी रहेको उनले बताए ।

बाबाले उक्त पिडादायी दुर्घटनामा सिकार भएकाहरुमा एक गर्भवति र दुई बच्चा पनि भएको जानकारी दिए । आगो निभाउने प्रयासका क्रममा दमकलका दुई कर्मचारी पनि गम्भिर रुपमा जेलका छन् ।

ट्यांकर दुर्घटना स्थलमा यात्रुले भरिएको एक बस गुड्ने क्रममा बसको तल रहेको एक पाइप जमीनमा ठोक्किएपछि निस्कको झिल्काले उक्त आगो लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्