एक खेल जितेर नेपाल सेमिफाइनलमा



काठमाडौं, (नेस)
नेपालले एसीसी यु १९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत एक जितका साथै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो । ३ टोली रहेको समूहमा चीनले यसअघिको खेलमा सिंगापुरसँग हार बेहोरेको थियो । यसका साथै नेपाल र सिंगापुरले समूह चरण पार गर्न सफल भए । शुक्रबार हुने खेलबाट समूहका शीर्ष दुई टोलीको टुंगो लाग्नेछ ।

किनारा ओभल मैदानमा चीनले २३.१ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो । सामान्य लक्ष्य पाएको नेपाल ५ ओभरमै ५४ रनमा पुगेर जित हासिल गरेको थियो । टोलीका लागि पवन शराफले आक्रमक ब्याटिङ गर्दै ४६ रनको योगदान दिएका थिए ।

यसअघि नेपालका बलर सागर ढकाल र तिलकराज भण्डारीले सानदार बलिङ गरेका थिए । सागरले ९.१ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर चीनका ६ जना खेलाडीलाई पवेलियन फर्काएका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै तिलकले ७ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्