हराउँदै राजकुलो



कृषिका लागि सि“चाई अत्यावश्यक छ अनि सि“चाइका लागि कुलो । कुलो सि“चाइको लागि हाम्रो शरीरको रक्तनली जत्तिकै महत्वपूर्ण छ । शायद् यही भएर होला,सयौं वर्ष देखि नै उपत्यकाको तीनै जिल्लामा राजकुलाहरु प्रशस्त बनाइएका थिए ।

कुनै समय काठमाडौ उपत्यकामा एक दर्जनभन्दा बढी राजकुला थिए । उपत्यकाको सभ्यता निर्माण र समृद्धिमा ती कुलोले महत्वपूर्ण ठाउ“ बनाएको थियो । राजकुलो भएकै कारण खेतीपाती, खानेपानी र ढुंगेधारालाई सहयोग पुगेको थियो, तर अब यो विषय इतिहासजस्तै भइसकेको छ । नया“ पुस्ताका निम्ति त उपत्यकामा राजकुलाहरु थिए भन्ने कुरा दन्त्यकथाजस्तो बनेको छ ।


केही दशकयता राजकुलो अतिक्रमण गरी निजी खेतमा गाभ्ने र कतिपय ठाउ“मा त राजकुलो मिचेर घर र बाटो बनाउने क्रम बढ्दा राजकुलाहरु बिलाए । भक्तपुरको सिपाडोल, नगरकोट, दधिकोट ,सुडाल, काठमाडौंको बुढानीलकण्ठ , लैनचौर, ललितपुरको खोकना, गोदावरी, लेले, टीकाभैरव, सुनाकोटी, लगनखेललगायतमा रहेको राजकुलाहरु कति त्यतिकै सुके भने कति त अतिक्रमणको चपेटामा परे । त्यसले गर्दा अहिले तिनीहरुको अस्तित्व लोप भइसकेको छ ।

विशेषगरी उपत्यकामा जनघनत्व बढेर तीव्र सहरीकरण हु“दै गएपछि यहा“का जग्गा जमिनको मूल्य बढ्यो । त्यसैगरी अनियन्त्रित निर्माण कार्य, अन्धाधुन्द विकासले राजकुलोहरु अतिक्रमणको चपेटामा पर्दै गएको छ ।
राजकुलो मासिएपछि सबैभन्दा ठूलो असर परम्परागत रुपमा बनाइएका नगरका शोभाका रुपमा रहेका विभिन्न स्थानका ढुंगेधारालाई परेको पानीविज्ञ पद्मसुन्दर जोशीले भन्नुभयो ‘ढुंगेधाराहरु सुक्दै जानुमा यो नै प्रमुख कारण हो । ’
एक अध्ययनअनुसार काठमाडौ उपत्यकामा मात्र चार सय भन्दा बढी ढुंगेधाराहरु छन् । ती मध्ये ४५÷४६ वटा त लोप भइसकेका छन् भने अझै धेरै ढुंगेधाराहरु लोपको संघारमा पुगिसकेका छन् । उपत्यकाभित्रमा पनि काठमाडौमा एक सय ७६, ललितपुरमा ५८, कीर्तिपुरमा १३, मध्यपुर थिमीमा ६६ र भक्तपुरमा ८७ वटा ढुंगेधारा छन् ।

यिनले उपत्यकाको आफनै मौलिक सभ्यता एवं संस्कृतिको परिचय दिएका छन् । ढुंगे धाराहरु पानीको हिसाबले मात्र महत्वपूर्ण छैनन् । तिनीहरको बेग्लाबेग्लै इतिहास र किंवदन्तीहरु रहेका छन् । ढुंगेधाराहरु आधुनिक जीवनशैलीको पिल्साइमा पर्दै जानुमा विशेषतःयिनीहरुको आधारभूत स्रोतको रुपमा रहेको राजकुलो मासिनु नै रहेको पानी विज्ञ जोशीले बताउनुभयो ।


अहिले घरघरमा आधुनिक प्रविधिको पाइपलाइनको धाराबाट खानेपानी वितरण हुन थालेपछि ढुंगेधारालाई वेवास्ता गर्न थालिएको अनुभव सर्वसाधारणको रहेको छ ।

ढुंगेधाराकै पानी पिएर जीवन विताएका पुस्ताहरुका लागि मात्र नभएर अहिले पनि त्यत्तिकै महत्व रहेको ढुंगेधाराको सही सदुपयोग गर्न सकिएको खण्डमा दैनिक दुई करोड लिटर पानी जम्मा हुनसक्ने एक तथ्यांक रहेको छ । ‘तर पनि यतातिर नत स्थानीय तह ध्यान जान सकेको छ नत सरकारको नै ।

ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले भन्नुभयो ‘समयक्रमसंगै भएको विकास र आधुनिकीकरणले वास्तवमा जनताको माग सम्बोधन भएको छैन । ’ विकाससंगै निम्तिएको विनाशले हाम्रा ऐतिहासिक धरोहरहरु दिनददिनै जीर्ण हु“दै गइरहेको ललितपुरको जगमदु पोखरीको संरक्षणमा भूमिका निर्वाह गर्नुभएका समाजसेवी कुलाल डंगोलको भनाई रहेको छ।


राजकुलोको हु“दा जमिनमा पानी पुनः भरण पनि हुने काम पनि रोकिएको छ जसको कारण केयूकेएलले अहिले जमिनभित्रको पानी झिकेर सहरवासीलाई आपूर्ति गरिरहेको छ । यसले जमिन भासिने र अहिले बसेको मानव वस्ती जोखिमपूर्ण बन्दै गएको छ। पानीको जोहोका लागि मनपरी रुपमा पानी झिक्न थालिएको कारण धेरै इनार र पोखरीहरु सुकेका छन् ।

इतिहास र जीवनशैलीसंग प्रत्यक्ष सरोकार राख्ने मासिएका राजकुलो तथा ढुंगेधाराहरुलाई पहिलाकै स्वरुपमा लान नसेकपनि तिनीहरुको जिवन्ततातिर ध्यान पु¥याउनु जरुरी पनि जोशीले औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्