यू–१९ एसिया कप छनोटः नेपालसामु चीन स्तब्ध



काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको छनोटमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य पाएको नेपालले नेपालले पाँच ओभरमा नै पूरा गरेपछि विजयी बनेको हो ।

मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभरको खेल सकिँदा भेट्टाएको हो । नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् ।
आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हानेका थिए ।

दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू–१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्