महिला अधिकारीलाई कुटपिट गर्ने १६ जना पक्राउ



नयाँदिल्ली,(एजेन्सी)
दक्षिणी भारतिय राज्य तेलाँगनामा एकजना महिला बन अधिकारीलाई निर्ममतापुर्वक लठीले पिटेको आरोपमा सोमवार १६ जना पुरुषलाई पैहरीले गिरफतार गरेको सरकारी अधिकारीहरुले बताएक छन् ।

आइतवार भएको सो घटनामा भिडले कुटपिट गर्दा प्रहरी मूकदर्शक बनेको आरोप लगाइएको छ । सो राज्यको सत्तारुढ पार्टीका कोनेरु कृष्णा नामक एकजना सदस्यको नेतृत्वमा वृक्षारोपण अभियान विरुद्धको प्रर्दशनको क्रममा यो घटना घटेको प्रहरीले पुष्टि गरेको छ । यस घटनाको भिडियो सामाजिक संजाल मार्फत भाइरल हुन पुगेको छ ।

सत्तारुढ तेलाँगना राष्ट्रसमिती ( टिआरएस) पार्टीका अध्यक्ष काल्भाकुन्तला ताराका रामा रावले टिव्टर मार्फत यस आक्रमणको भत्सर्ना गरेका छन् । सख्त घाइते हुनपुगेकी तथा नाम नखुलाइएका ति महिला अधिकारीको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

भिडियोमा एउटा ट्रयाक्टरमा उभिएकी ति महिला अधिकारीले भिडले आफुलाई बाासको भाटाले प्रहार गरिरहँदा आक्रमणबाट बच्ने असफल कोसिस गरिरहेको देखिन्छ । थप संख्यामा स्थानिय प्रहरी र अन्य बन अधिकारीहरु घटनास्थलमा आइपुगेपछि मात्र उनी माथिको आक्रमण रोकिएको थियो । भारतभरि यो भिडियो भाइरल हुना साथ व्यापक जनआक्रो पनि फैलिएको छ ।

हाल गिरफतार गरी मुद्धा समेत दायर गरिसकेका प्रमुख आक्रमणकारी कोनेरु कृष्णा टिआरएस विधायकका भाई भएको बुझिएको छ । पार्टीले यस घटनाको सिलसिलामा ति विधायकलाई पनि गिरफतार गरिएको पुष्टि गरेको छ । रावले स्थानिय संचार माध्यमलाई आफुले बन अधिकारीहरुबाट बाली नष्ट गििरँदै गरेका आदीवासी किसानहरुको बचावमा काम गरेको बताएका छन् ।

आक्रमणको घटना रोक्न असफल भएके अरोपमा दुईजना प्रहरी अधिकारीलाई निलम्वन गरिएको बताइएको छ । सो राज्यका विपक्षी पार्टीहरु भारतिय जनता पार्टी ( विजेपि ) र कंग्रेस पार्टीले यस घटनाको कडा शब्दमा भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्