विमान दुर्घटना



डलास (एजेन्सी)
अमेरिकाको टेक्सस राज्यको डलास स्थित एक स्थानिय विमानस्थलमा उडानमा रहेको एक विमान ह्यांगरसँग ठोक्किन पुग्दा त्यसमा यात्रा गरिरहेका १० जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटना एडिसनको स्थानिय विमानस्थलमा भएको हो । दुई इन्जिनको उक्त विमानमा रहेका कोही पनि यात्रु जीवित नरहेको स्थानिय अधिकारीले जानकारी दिएका छन् । विहान उडानका क्रममा बीइ ३५० किंग विमान एक ह्यांगरमा ठोक्किएपछि आगलागी भइ पुरै जलेको बताइएको छ । विमानमा आठ यात्रु र दुइ चालक दलका सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्