समतामा विमलाको शंकास्पद मृत्यु



भगवती तिमल्सिना, काठमाडौं
बौद्धको कुमारीगालमा रहेको समता अस्पतालमा मंगलबार नसोचेको घटना हुँदा अस्पताल परिसर दिनभरि युद्धभूमिजस्तै बन्यो।

रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ सोमबार उक्त अस्पतालमा काम गर्न गएकी थिइन्। राति अबेरसम्म घर नफर्किएपछि परिवारले अस्पताल प्रहरी प्रशासनसमक्ष हारगुहार गरे पनि केही फेला परेन। सोही विषयमा ‘त्यो घटना रहस्यमय भएको भन्दै आक्रोशित भएर तोडफोडमा उत्रदा अस्पतालले छेउमै बसेकाले लाठीचार्ज गरे।

घटना अस्पताल प्रशासनले नै गराएर सीसी क्यामराको पुरानो डाटा प्रहरीलाई उपलब्ध गराउँदै प्रशासन ढुक्क भएर बसेकाले पनि घटनाप्रति थप शंका उब्जिएको पनि पीडित पक्षले आरोप लगाएका छन्।

घटना शंकास्पद भएकाले निष्पक्ष छानविन गर्नुपर्ने माग मृतकका श्रीमान् बुद्धिराज योञ्जन र उनका परिवारको रहेको छ। घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने मागलाई ५ वर्षको छोरालाई पठन पाठन र खर्च दिने प्रलोभन देखाएर घटनालाई लुकाउन र परिवारलाई निरीह बनाउन प्रहरी प्रशानको समेत दबाब आएको पारिवारिक स्रोतले जनाएको छ। आक्रोशित भीडले अस्पतालमा ढुंगामुडा गरेका थिए भने प्रहरीले अस्रुग्यास र लाठीचार्ज गरेको थियो।

दुई महिनाअघि मात्र अस्पतालको परिचरका रूपमा काम शुरु गरेकी विमला किन र कसरी अस्पतालभित्रै झुन्डिइन् या झुन्ड्याइयो भन्ने बारेमा अस्पतालले अनभिज्ञता प्रकट गर्दै आएको छ। परिवारले सोमबार बेलुकाबाटै विमलाको खोजी जारी राखेको र मंगलबार बिहान मात्र प्रहरीले बौद्ध प्रहरीका डीएसपी नरेन्द्र चन्दले बताउनुभयो। विमलाको शव फेला पारेसँगै प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकेको पनि उहाँले बताउनुभयो।

अस्पतालमा घट्ने घटनाका बारेमा सत्यतथ्य छानविनको माग राख्ने आफन्तलाई प्रलोभन तथा डर त्रासमा पारेर अस्पताल प्रशासनले घटनालाई भित्रभित्रै सामसुम पार्न खोजेको पीडित परिवारको आरोप छ।

पीडित र अस्पताल पक्षलाई वार्तामा जुटाउने प्रहरी प्रशासनका एक अधिकारीका अनुसार मृतक तामाङको ५ वर्षको छोरालाई अस्पतालले पठनपाठन खर्च व्यहोर्ने गरी दुवै पक्षलाई सहमत गराई मिलाएको जनाएको छ। मृतक तामाङको खल्तीमा अस्पतालका तीन जना कर्मचारीको नाम अंग्रेजीमा लेखिएको कागज फेला परेकाले अनुसन्धानमा खटिएका महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले सत्य तथ्य पहिचानका लागि दुई जना कर्मचारीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त बौद्धमा राखी सोधपुछ शुरु गरेको जनाएको छ।

अस्पताल सञ्चालक उत्तम सञ्जेल र उहाँकी श्रीमतीलाई पक्राउ गरेको नभई प्रहरीले सुरक्षित स्थानमा राखेको समेत बौद्ध प्रहरीले जनाएको छ। घटना शंकास्पद भएकाले महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टोलीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्