एनआरटीको शानदार जित



काठमाडौं, (नेस)
ललित स्मृति यु १८ च्याम्पियनसिपअन्तर्गत पहिलो दिन काठमाडौं खेल मण्डल (एनआरटी) ले शानदार जित हात पारेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उदघाटन खेलमा एनआरटीले च्यासल युथ क्लबलाई ४–१ गोलअन्तरले हराएको हो । टोलीको जितमा रेजन माझीले पहिलो मिनेटमै गोल गर्दै एनआरटीलाई अग्रतामा राखेका थिए । तर शीराब लो तामाङले ४४औं मिनेटमा गोल गर्दै च्यासललाई बराबरीमा पु¥याए । पहिलो हाफ १–१ बराबरीमा सकिँदा खेल रोचक हुने संकत थियो ।

तर दोस्रो हाफमा पुरै एनआरटीकै वर्चश्व भयो । क्षितिज रत्न छुन्जुले एनआरटीलाई २–१ को अग्रतामा राखे । उनले ५४औं मिनेटमा गोल गरेका थिए । अन्तिम १० मिनेटमा लगालग दुई गोल गरेपछि एनआरटीको जित पक्का भएको थियो । जसमा सुसन शर्मा धितालले ८१औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । त्यस्तै बिबेक राईले ८७औं मिनेटमा गोल थपेका थिए ।

क्याप्सनः एनआरटीका सनम लिम्बु (हरियो) बलका लागि कसरत गर्दै । तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्