राजा महेन्द्रले नेपाललाई अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गराएः कमल थापा



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० का अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपाललाई अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गराएको बताएका छन् । बुधबार काठमाडौंमा राप्रपा केन्द्रिय प्रचार विभागद्वारा श्री ५ राजा महेन्द्र १००औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजित राष्ट्रियता विकास र अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा राजा महेन्द्रस् बहुआयामिक व्यक्तित्व विषयक प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालीन अवस्थामा नेपालको राष्ट्रियता संकटमा रहेकोमा देशको राष्ट्रियता बलियो बनाई अर्ध औपनिवेशिक अवस्थाबाट मुक्त गराएका बताएका छन् ।

थापाले आधुनिक नेपालको भौगोलिक एकीकरण राजा पृथ्वीनारायण शाहले गरेको र भावनात्मक एकीकरण राजा महेन्द्रले गरेको बताएका हुन् । अध्यक्ष थापाले राजा महेन्द्रकै कारण नेपालको सार्वभौमसत्ता र अखण्डता सुरक्षित रहेको पनि बताए ।

थापाले राजा महेन्द्रले नेपाललाई विश्व रङ्गमन्चमा चिनाएको बताए । उनले राजा महेन्द्रको विकासको नीति, परराष्ट्र निति र दुरदर्शिता र नेपालको राष्ट्रियतालाई अभिभाज्य राख्ने योजना अन्तर्गतकै राजनीति व्यवस्था बाध्यात्मक रूपमा तत्कालीन परिस्थिति अनुसार लागु गरेको दाबी गरे ।

थापाले राप्रपाको विचार राजा महेन्द्रकै राष्ट्रवादबाट प्रेरित रहेको बताएका छन् । त्यस्तै कार्यक्रम कार्यक्रममा राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाले राजा महेन्द्रकै नितिका कारण नेपाल आजसम्म सुरक्षित रहेको बताएका छन् ।

राजा महेन्द्रकै शासन कालमा गृहमन्त्री समेत रहेका थापाले वर्तमान अवस्थामा राजा महेन्द्रले गरेको योजनालाई कसैले बिर्सनु नहुने बताएका छन् । राजाहरुकै कारण आफू अहिलेसम्म नेपाली हुन पाएको र नेपाली भएर नै मर्न चाहेको बताउँदै हाम्रा भावी सन्तानहरु नेपाली हुन पाउने हुन् कि होइनन् भन्नेमा आशंका रहेको बताएका छन् ।

नेकपा मालेका महासचिव सिपि मैनालीले आफुमा राजा महेन्द्रको जस्तो राष्ट्रवाद भएको आरोप लगाउने गरेको र उक्त आरोपप्रति आफु खुसी रहेको बताए । महासचिव मैनालीले राजा महेन्द्रको २०१७ सालको कदम बाहेक सम्पुर्ण कार्य राष्ट्रिय हित अनुकुल नै भएको बताएका छन् । उनले राजा महेन्द्रले नेपालमा रहेको १७ वडा भारतीय सेनाको क्याम्पलाई हटाई, भारतले नेपाललाई उपनिवेश बनाउने सम्पुर्ण योजनालाई विफल बनाएको समेत बताए । राष्ट्रिय अस्तित्वको रक्षा र राष्ट्रियताको दृष्टिमा राजा महेन्द्र नेपालको नायक रहेको तर उनलाई खलनायकको रुपमा प्रस्तुत गरिएकोमा दुस्ख व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राजा महेन्द्र दुरदर्शि, राष्ट्रवादी र विकास प्रेमी राजा भएको बताएका छन् । उनले राजा महेन्द्रकै नितिका कारण देश जोगिएको दाबी गरेका छन् ।

त्यस्तै पुर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले राजा केहि बर्ष बाचेका भए राजनीति व्यवस्था समेत परिवर्तन हुने सम्भावना रहेको बताएका छन् । उनले भने राजाले जनताको नासो जनतालाई नै सुम्पन क्रमिक रूपमा राजनीति परिवर्तन गराउने सोच राखेको तर असयमै निधन भएका कारण राजनीतिक व्यवस्थामा सुधार गर्ने चाहना अधुरो रहेको बताएका छन् ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले तत्कालीन अवस्थाको आवश्यकतालाई वर्तमानको आँखाले हेर्दा र मुल्यांकन गर्दा इतिहासको महत्त्वपूर्ण पात्रहरूको अपमान भएको र राजा महेन्द्र देशका लागि योगदान दिएर पनि अपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्