प्रिय अभिभावक पुष्कर सर



उहाँ जस्ता व्यक्तित्वका छत्रछायामा बसेर २६ वर्षसम्म गरिएका यात्राको सम्झनाले अझै पनि पुष्कर सरको भौतिक उपस्थिति यतै कतै हुन्छकि भन्ने भान गराइरहेको छ। अफिस प्रवेशको बाटोमा जम्काभेट होला कि कतैबाट हेरिरहनुभएको छ कि जस्तो लाग्छ।

भगवती तिमल्सिना
यतिबेला नेपाली पत्रकारिता जगतमा ठूलो क्षति पुगेको छ। उहाँ सत्यतथ्य र निष्पक्ष पत्रकारितालाई अँगाल्दै आउनुभएका व्यक्तित्व हुनुहुन्थ्यो। देश र जनताको पक्षमा सधैं कलम चलाइरहने व्यक्तित्वको असामयिक निधनले आम पाठकलाई मात्र हैन पत्रकारिता जगतमै शून्यता छाएको छ। जस्तोसुकै समस्यामा पनि तत्काल समाधान निकाल्न सक्ने क्षमताका खानी पुष्करलाल श्रेष्ठ पत्रकारिता जगतको पाइनियर नै हुनुहुन्थ्यो। निडर र निष्पक्ष पत्रकारिता नै उहाँको जीवन हो। पर्यायवाची पहिचान हो।
उहाँ निजी क्षेत्रबाट पब्लिकेसन्स् हाउस नै खोल्ने मुख्य लगानीकर्ताका साथै आफैं पत्रकार नेपालकै इतिहासमा पहिलो व्यक्ति हुनुहुन्थ्यो। आफैं मालिक र आफैं पत्रकार भएर पनि उहाँले पहिलो प्राथमिकता सत्यतथ्य र निष्पक्ष समाचारलाई दिनुहुन्थ्यो। समाचारलाई कसरी पठनीय बनाउने भन्ने बारेमा सधैं पत्रकारलाई टिप्स दिइरहनुहुन्थ्यो। हरेक समाचार उत्तिकै महŒव बोकेको हुन्छ। पत्रकारहरूका लागि समाचारको स्रोत सबैभन्दा महŒवपूर्ण सम्पत्ति हो। सम्मानपूर्वक सधंैभरि विश्वसनीय बनाएर जोगाइराख्नुपर्छ भन्नुहुन्थ्यो। उहाँले कहिल्यै कसैलाई भेदभावपूर्ण व्यवहार गर्नुहुन्न भन्ने शिक्षा दिनुहुन्थ्यो। उमेर र कार्य विभाजनले कोही सानो र ठूलो हुन्न, सबैको काम उत्तिकै महŒवपूर्ण हुन्छ यो टिमवर्क हो भन्नुहुन्थ्यो। सबैलाई उत्तिकै विश्वास गर्ने कसैले विश्वासको दुरूपयोग ग¥यो भने तत्कालै महसुस गराउने र पुनः विश्वास जितेर काम गर्न प्रोत्साहित गर्नुहुन्थ्यो।

साना–ठूला, बूढापाका जोसँग पनि मिल्न सक्ने र अरूको भावना बुझेर काम गर्न सक्ने क्षमता भएका व्यक्तित्व पुष्करलाल श्रेष्ठको पत्रकारिता क्षेत्रको दूरदृष्टि अब हामीले प्रत्यक्षरूपमा पाउन सक्दैनौं। उहाँ जस्ता व्यक्तित्वका छत्रछायामा बसेर २६ वर्षसम्म गरिएका यात्राको सम्झनाले अझै पनि पुष्कर सरको भौतिक उपस्थिति यतै कतै हुन्छकि भन्ने भान गराइरहेको छ। अफिस प्रवेशको बाटोमा जम्काभेट होला कि कतैबाट हेरिरहनुभएको छ कि जस्तो लाग्छ। उहाँको भौतिक शरीरले यो संंसारबाट बिदा लिएको आज ४५ दिन बिते पनि सम्झना र अभाव भने जीवनभरि रहिरहनेछ।

पाँच महिनाको अवधिमा उहाँको शरीरमा देखा परेका स्वास्थ्य समस्या अपत्यारिलो र अनौठो खालको थियो। नेपालमा सोचेजस्तो स्वास्थ्य संस्था, उपकरण, चिकित्सक नभएर हो वा मानव स्वास्थ्यमाथि व्यापारिक दृष्टिकोण मौलाएर हो। पुष्कर सरको समस्याको मूल जड समयमा पहिचान हुनै सकेन। समस्याको शुरूआत नाक बन्द भएको र उपचारका लागि बयोधा अस्पतालमा पुगी नाक, कान, घाँटी विभागका चिकित्सकले रोग पहिचान नै नगरी पटक पटक नाक सफा गर्ने, कपास भित्रै छोड्नेदेखि कपास अड्किएर संक्रमण भयो भन्दै शल्यक्रियासम्म गर्दा पनि नाकको समस्या झन जटिल बन्यो।

आज कामना न्यूज पब्लिकेसन्स् प्रालि जुन गर्वका साथ संसारले नाम लिन्छन् त्यही संस्थाका संस्थापक जन्मदाता, पत्रकारिताका गुरु गुमाउनुपर्दाको क्षण अत्यन्दै पीडादायी भएको छ। आफ्नै आँखाले देखेर पनि पत्यार लागिरहेको छैन।कामना न्यूज पब्लिकेसन्स् प्रालि ९कामना सिने मासिक, साधना पारिवारिक खुराक, महानगर सन्ध्याकालीन दैनिक, ९आजको० नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, न्युज अफ नेपाल अनलाइन० का संस्थापक प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको भौतिक शरीरले यो संसार छोडेर विलिन भए तापनि उहाँका अनन्त कृति कहिल्यै मर्नेछैनन्।

पुनः उनै डाक्टरले ब्लूक्रसमा बोलाएर भर्ना नै गराए। भर्ना पनि शरीरका सम्पूर्ण भागको परीक्षण गरी मिर्गौला सुन्निएको र मिर्गौलाको पत्थरी शल्यक्रिया गरी निकाल्ने सल्लाह दिए। यिनै क्रममा उहाँको शारीरिक अवस्था झन्–झन् कमजोर भयो। यतिसम्म कि बोली पनि नबुझिने, खान मन नलाग्ने र खुट्टा टेकेर हिँड्नै नसक्ने रु यस्तो अवस्थाको मान्छेलाई अस्पतालले डिस्चार्ज गरेर घर पठायो। घरमा कुनै सुधार आएन र अन्तत पुनः नर्भिक अस्पताल राखियो। नर्भिकमा शारीरिक परीक्षण गरी रोगको अनुमान लगाई भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा रिफर ग¥यो। मेदान्तमा पुष्कर सरका जेष्ठ सुपुत्र दिरेकलाल श्रेष्ठ, माइला सुपुत्र रकिनलाल श्रेष्ठ, भान्जा प्रनिश, साथी रामकृष्ण महर्जनलगायतको पारिवारिक टोली पुगे। त्यहाँ पुग्दा रोगले अत्यन्तै चापेर सरको शरीर नै नचल्ने अवस्थामा पुग्यो। श्वासप्रस्वास नलीमा समेत संक्रमण फैलिएकाले भेन्टिलेटरको सहायता जरुरी भयो। ६ हप्तासम्म यो क्रम चलिनैर≈यो र ट्रयाकोस्टोमी गरेर उहाँलाई श्वासप्रस्वासमा सहज बनाइयो। अन्ततः नेपाल ल्याउने निधो भयो र गते नेपाल ल्याउन नेपाल एयरलाइन्स, एयरपोर्टका सुरक्षा प्रमुख, परिवारका सदस्य, अफिसको टिम, नर्भिक अस्पतालको टोली उत्तिकै खटे। सबैको प्रयासले अवतरण सजिलै भयो। नर्भिकमा पुनः ७ हप्ता राखियो। नर्भिकको सेवा उहाँको लागि फलदायी बन्दै गयो, तर यो दीर्घकाल बन्न सकेन। एक साता पनि घरमा बस्न नपाउँदै उहाँलाई अचेत अवस्थामा पुनः नेपाल मेडिसिटीमा भर्ना गर्नुप¥यो।

केही दिन अघिसम्म आफन्त र शुभचिन्तकले स्वास्थ्यलाभको कामना गर्दै राखेका तस्वीर देख्दा चामत्कारिकरूपमा उहाँको स्वास्थ्य सुधार हुने आशमा सबैले भगवान्सँग प्रार्थना गरेकै हो, तर पनि केही सुनुवाइ भएन। आखिर उहाँले चोला बदल्नु नै रहेछ, कसैको केही लागेन।

उहाँको भौतिक शरीरले बिदा लिए पनि उहाँको सृष्टि र कृति सधैं जीवित रहनेछ। जीवनको ऊर्जाशील समय अनवरतरूपमा पत्रकारितामा अर्पनुभयो। नेपालमा वर्षमा मुस्किलले एउटा फिल्म बन्ने समय २०४१ साल मंसिर १५ गते फिल्मी पत्रिका चलाउने अठोटका साथ कामना फिल्मी पत्रिका दर्ता गरेर अघि बढ्नुभएका व्यक्ति हुनुहुन्छ– पुष्करलाल श्रेष्ठ। उहाँको अत्येष्टिमा पशुपति आर्यघाटमा पुग्नुभएका वरिष्ठ कलाकार यादव खरेलले अब फिल्मी पत्रकारिताका पिता देशका होनहार पत्रकारले अल्पायुमै हामीलाई टुहुरो बनाएर गए भन्नुभयो। उहाँले यसो भनिरहँदा उहाँका आँखा पनि रसाइरहेका थिए र छेवैमा रहेका अन्य शुभचिन्तकको आँखाबाट अस्रुधारा बगिरहेको थियो। त्यतिबेला उहाँको आत्मा शान्तिको कामना गर्ने शुभचिन्तक, आफन्तजन, पत्रकार, नेता, उद्योगी व्यापारीहरूको भीडमा कलाकारिताका पुजारीको अत्येष्टिमा कलाकार दीपाश्री निरौला, जितु नेपाललगायतका युवा कलाकारहरूको सहभागिताले पातलो उपस्थितिले प्रतिनिधित्व गरेको थियो।

उहाँ पत्रकार मात्र नभई फुटबलको राष्ट्रिय खेलाडी पनि हुनुहुन्थ्यो। उहाँले आरसीटी क्लब काठमाडौंलगायतका थुप्रै संस्थाबाट फुटबल खेल्नुभएको र खेलकै क्रममा अशक्त भई लामो समय उपचारपछि सामान्य हिँड्डुल गर्न सक्ने हुनुभयो। तर पुनः खेल जगतमा फर्कन नसक्ने भएपछि आफ्नो सक्रियतालाई पत्रकारिताका माध्यमबाट अघि बढाउनुभएको थियो। पुष्कर सरको छत्रछायाँमा रहेर लामो समय काम गर्दा उहाँले कामना, साधना, महानगर, समाचापत्रका देश विदेशमा रहेका ग्राहकको लेखा राख्ने, विज्ञापन प्रकाशितपूर्वको रेकर्ड तयार पार्ने, कर्मचारी, प्रशासनको रेकर्ड राख्ने, आफूले लेखेका लेख रचना कम्प्युटरमा टाइप गर्ने, प्रकाशित लेख रचनालाई सिलसिलेबार रूपमा फाइल गरी व्यवस्थित गर्ने, आवश्यक पर्दा उपलब्ध गराउने, स्वकीय सचिवको भूमिका निर्वाह गर्ने कार्यदेखि आफंै पत्रकार बनेर समाचार खोज्ने, लेख्ने र पाठकसामु पस्कनेसम्मको जिम्मेवारी दिनुभयो। उहाँले दिएका हरेक जिम्मेवारी आफ्नो क्षमताले भ्याएसम्म पूरा गरेकै कारण समयसापेक्ष सिकाइ, भोगाइ र अनुभवले आज सत्य, तथ्य र निष्पक्ष पत्रकारिताका लागि निडर भएर अघि बढ्ने क्षमताको विकास भएको छ।

अन्ततः आज उहाँलाई ९हाइपक्सिक्स० मस्तिष्क चोट जुन दिमागको लागि आवश्यकता पर्नेभन्दा कम अक्सिजन भएर दिमागमा लाग्ने चोट लागेर मृत्यु भएको स्वीकार्न बाध्य छौं। उहाँको अनुपस्थितिमा उहाँकै बारेमा लेख्नुपर्दा भारी मनले लेखिरहेको छु। पुष्कर सरको गतात्माको चिर शान्तिको कामनासहित परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समवेदना प्रकट गर्दछु।

प्रतिक्रिया दिनुहोस्