छानिए प्रिन्स एन्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल



राजधानीमा सम्पन्न प्रिन्स एन्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ मा यशस्वी राणा टिन ट्यालेन्ट, पर्सनालिटी, बेस्ट इन्ट्रोडक्सन, बेस्ट रनवे उपउपाधि विजेतासहित टिन प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ को ताज पहिरिन सफल भएकी छिन्।

प्रतियोगितामा पूर्णिमा गुरुङ फ्रेन्डसिपसहित प्रि टिन प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ भइन्। प्रायुश श्रेष्ठ र न्यान्सी गुरुङ लिटिल प्रिन्स एन्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ भए। न्यान्सी बेस्ट इन्टरभ्यु र लिटिल ट्यालेन्ट अवार्ड पनि भइन्।

त्यसै गरी इथन तामाङ र दृष्टिना शाक्य मिनी प्रिन्स एन्ड प्रिन्सेस् इन्टरनेसनल नेपाल २०१९ भए। इथन मिस्टर फोटोजेनिक र बेस्ट ड्रेस अवार्ड विजेतासमेत भए भने दृष्टिना मिनि ट्यालेन्ट पनि भइन्। मिनी, लिटिल, प्रि टिन र टिन विजेताहरूले आगामी जुलाई ९ देखि १५ सम्म थाइल्यान्डको बैंकक, अयुथ्या र पटायामा हुने १९औं संस्करणको प्रिन्स एन्ड प्रिन्सेस् इन्टरनेसनल २०१९ मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जीईईको आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा ओजस बस्नेत बेस्ट स्माइल, आहाना अर्याल चार्मिङ, दृश्य शाक्य मिस्टर पर्सनालिटी, सत्विशा भण्डार मिस फोटोजेनिक, काव्य तिमल्सिना लिटिल मल्टिमिडिया, अनिशा श्रेष्ठ टिन मल्टिमिडिया र किन्जल तिमल्सिना मिस बेस्ट ड्रेस अवार्ड विजेता भए।

प्रतिक्रिया दिनुहोस्