उनको जयजयकार



बुधवार सार्वजनिक भएको बजेटले कर्मचारी र कर्मचारीका बा–आमालाई दङ मख्ख पा¥या छ । बा–आमाको भत्ता बढेसी कृषक र धेरै बेरोजगार पनि दङ छन् । जसको तलब भत्ता बढ्यो ऊ खुशी हुनु स्वभाविकै हो, त्यो भन्दा तीन गुणा बढी खुशी छन् सत्तापक्षिय नेता/कार्यकता ।

सरकारी निर्णयको जयजयकारमा उत्रिया छन् सत्तापक्षिय नेता र उनका कार्यकर्ता । भन्छन्–‘सरकारले बोल्या कुरा पुरा ग¥यो, चुनावमा भन्या कुरा पुरा भयो । चुनावी प्रतिवद्धताबारे धरहरा अलमलमा प¥यो, ऊ बेलाको नेकपा घोषणापत्र पल्टाएर हेर्दा सरकारले त सरासर ढाट्या पो रै’छ ।

घोषणापत्रमा बृद्धभत्ता ५ हजार पु¥याउछु भन्ने अनि अहिले बल्ल तल्ल ३ हजार पु¥याउने, यो चाहिँ अलि हजम भएन कि ? खैर, अहिले कर्मचारीको तलब बढ्यो, बृद्ध भत्ता, अपाङ्ग र एकल महिलाको भत्ता पनि बढ्यो । सांसदले पाउँदै आएको बजेट २ करोड बढेर ६ करोड पुगेसी सरकारले नेताजीहरुको मनोबल बढाएको छ । सांसदहरुको मनोबल बढेसी कार्यकर्ताको मनोबल त्यसै बढ्ने नै भयो ।

पीएम ओलीको अघिल्लो कार्यकालमा अघि बढ्को तुइन विस्थापित गर्ने कार्यक्रम र बजेट अहिले पनि दोहोरिएको देख्दा विकास निर्माणले कस्तो छलाङ मार्ने हो कुन्नी ? अरु कुरा त्यस्तै हो, कर्मचारीको तलब, बृद्धभत्ता, अपाङ्ग र एकल महिलाका लागी बढेको भत्ता कार्यान्वयन हुने भएसी सरकार असफल बन्ने कुरै भएन ।

प्रतिक्रिया दिनुहोस्