नेपाल समाचारपत्र
पनौती, काभ्रे
सामुदायीक वचत तथा ऋण सहकारी संख्य लिमिटेड पनौतीले आफ्ना सदस्यहरुलाई एकलाख रुपैया सम्मको स्वास्थ्य बीमा सुविधा दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत संस्थामा खाता खोल्ने सदस्यहरुले मासिक व्याज त पाउछन नै वार्षिक उपचार खर्च एकलाख सम्म पनि पाउने भएका छन् ।
संस्थाका कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार न्युनतम मौज्दात ३० हजार रहने गरि खाता खोलेमा स्वास्थ्य उपचारको लागि वार्षिक एकलाख सम्म उपलब्ध गराउने गरि बिमा कम्पनी संग सम्झौता गरिएको छ । यो योजनामा खाता खोलेका सदस्यहरुले संस्थाले तोकेको अस्पतालमा एकलाख सम्म बिना रकम उपचार गराउन पाउछन भने अन्य अस्पतालमा उपचार गराए बिल अनुसार भुक्तिानी पाउने छन् ।
साथै, न्युनतम मौज्दात भन्दा बढी रकम जुनसुकै बेला निकाल्न मिल्ने छ । साढे ६ प्रतिशत व्याज पनि आउने भएकोले संस्थाले यसलाई एक वचतमा दुई योजनाको नाम दिएको छ । हाल दिर्घ रोग पहिचन नभएको र ६४ वर्ष सम्म उमेर भएकाले यो योजनामा खाता खोल्न पाउने कार्यकारी अधिकृत बस्नेत बताउनुहुन्छ ।
संस्थाले साँवा नमासि मासिक खर्च जुटाउन उपयुक्त हुने संक्रान्ति बचत खाता योजना पनि ल्याएको छ । यो खातामा प्रत्यक महिनाको ३० गते व्याज जम्मा हुने र १ गते निकाल्न मिल्ने भएकोले संक्रान्ति बचत खाता भनिएको हो । यो खाताको न्युनतम मौज्दात १० हजार रुपैया कायम गरिएको छ । विषेश गरि जिउनी रकम राखेर गुजार गर्नेहरुको लागि उपयुक्त यो खातमा साढे १२ प्रतिशत व्याज उपलब्ध गराईने छ ।
२०५१ सालमा ४१ जना स्थानीय बासिन्दा मिलेर ३२ हजार ५ सय जम्म गरि स्थापना गरिएको सामुदायीक बचत तथा ऋण सहकारी संस्थामा हाल २१ हजार सदस्य छन भने यो संस्थाको पुजि १ अर्ब ७९ करोड भन्दा बढी पुगेको छ । उत्कृष्ट व्यवस्थापनका साथ कार्य गरेको भनि राष्ट्रिय मात्र हैन विभिन्न अन्र्तराष्ट्रिय पुरस्कार समेत पाएको यो एसिय स्तरको ब्राण्ड पनि पाएको छ ।
मुख्य कार्यालय बाहेक अन्य ९ वटा सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको यो सहकारी ले २३ प्रकारको बचत खाता सञ्चालन गरेको छ भने विभिन्न १७ शीर्षकमा कर्जा प्रवाह गरेको छ । बचतमा साढे ६ देखि १३ प्रतिशत सम्म व्याज दिएको छ भने कर्जामा १४ देखि १६ प्रतिशत सम्म व्याज लिने गरेको छ ।
एउटा सदस्यलाई ३ करोड रुपैया सम्म कर्जा प्रवाह गर्न सक्ने आर्थिक हैसियत बनाएको यो सामुदायीक संस्थाले काभ्रे जिल्ला भरी आफ्नो कार्यक्षेत्र बनाएपछि सेवाग्राही लाभान्वित भएका छन् । विभिन्न ४२ वटा रेमिट्न्स कम्पनीको रकम समेत भुक्तानी गर्दै आएको यो संस्थाले विधुत, टेलिफोन लगाएतको विल भुक्तानीको लागि अनलाई ट्रानसफरको व्यवस्था पनि मिलाएको छ ।
पशुविमा, बाली विमा योजना संचालन गरेर काभ्रेका आम कृषकको घरघरमा पुगेको सामुदायीक सहकारीको आफ्ना सदस्यहरु संग सधै सहकार्य गरिरहने उदेश्यका साथ सदस्यका परिवारमा जन्म र मृत्यु दुवै अवस्थामा घरमै पुगेर सहयोग गर्ने गरेको छ । कार्यकारी अधिकृत बस्नेतका अनुसार जन्ममा भोटो र खुत्रुके लिएर सदस्यको घरमा पुग्ने गरिएको छ भने मृत्युमा नगद १० हजार रुपैया राहत लिएर सदस्यको घरमा पुग्ने गरिएको छ ।
सरकारले सञ्चालनमा ल्याएकाो १० युवा एक उद्यम कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी समेत पाएको यो संस्थाले भाका नाघेको ऋण प्रतिशत घटाउने योजनालाई पनि प्रभावकारी बनाउदै लगेको छ । यो संस्थामा खराव कर्जा ३ दशमलव ४६ प्रतिशत छ । खराब कर्जा ५ प्रतिशत सम्मलाई सामान्य मानिन्छ ।