पहिरनले बेहोस !



गत मंगलबारदेखि फ्रान्सको पेरिसमा जारी ७२औं कान्स फिल्म फेस्टिभलमा विश्वभरका चर्चित सेलिब्रेटीले सहभागिता जनाइरहेका छन्।

यहीबीच अमेरिकी नायिका एले फानिङ भने कान्स समारोहबीच नै बेहोस भएकी छिन्। एजेन्सीका अनुसार रेड कार्पेटपश्चात्को डिनर पार्टीमा बेहोस हुनुका कारण उनले आफ्नो कपडा भएको बताएकी छिन्। आफ्नो होस खुलेपछि अभिनेतृले आफूले लगाएको कपडा निकै कसिलो भएका कारण बेहोस भएको खुलाएकी हुन्।

एजेन्सीका अनुसार बेहोस भएको केही बेरमै उनी होसमा आएकी थिइन्। घटनाको प्रत्यक्षदर्शीका अनुसार यो घटना यति छिटो भएको थियो कि धेरैले उनी बेहोस भएको र होसमा आएको थाहै पाएनन्।

प्रतिक्रिया दिनुहोस्