सिन्धुलीका नेकपा पदाधिकारीद्धारा सपथ ग्रहण



बुद्ध नेपाली, सिन्धुली ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका जिल्ला संगठन कमिटी सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
विहीवार एक समारोहका विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं. प्रदेश कमिटिका इन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला संगठन कमिटी सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

जिल्ला संगठन कमिटीका १ सय ४५ जना सदस्यले सपथ ग्रहण गरेका छन् । नेकपा जिल्ला कमिटी सिन्धुलीमा तत्कालिन नेकपा एमालेबाट ७३ जना र नेकपा माओवादी केन्द्रबाट ७२ जना गरी १ सय ४५ जना सदस्यको जिल्ला कमिटी गठन भएको छ ।
एकता भएको एक बर्ष सम्म जिल्ला कमिटिले पुर्णता पाउन सकेको थिए । तर अहिले जिल्ला कमिटी गठन भई सपथ ग्रहण गरेपछि जिल्लाका नेताहरुमा उत्साह थपिएको छ ।

सिन्धुलीमा जिल्ला कमिटीको टुङगो लाग्नुभन्दा अघि नै नगर,गाउँ र वडा कमिटि गठन भईसकेको थियो । जिल्लाका नौ वटै स्थानिय तहमा कमिटी गठन भई सपथ ग्रहण कार्यक्रम समेत सकिएको छ ।

गत बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले ७७ जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएपछि जिल्लामा अध्यक्षमा पुर्व माओवादीका लेखनाथ दाहाल राजन र सचिवमा पुर्व एमालेका प्रदिप कटुवालले जिम्मेवारी पाउनुभएको छ ।

यसैविच नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका जिल्ला संगठन कमिटीको पहिलो बैठकले सचिवालय र कार्यालय कमिटीको टुंङगो लगाएको छ । बैठकले ४५ जनाको सचिवालय र ७ जनाको कार्यालय कमिटी गठन गरेको प्रदेश सँसद तथा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल राजनले जानकारी दिनुभयो ।

सपथ ग्रहण कार्यक्रममा नयाँ कमिटी सदस्यहरुलाई शुभकामना दिदै ३ नं. प्रदेश इन्चार्ज शाक्यले एकता पछिका नेकपाका सदस्यहरुको काधमा श्रमजिवीका लागी काम गर्ने, समृद्धिका लागी काम गर्ने, अन्यायमा परेकालाई न्याय दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र समता मुलक समाज निर्माण गर्ने ज्रिम्मेवारी आएको बताउनुभयो ।

सपथ ग्रहण कार्यक्रममा ३ नं. प्रद्ेश नेकपा अध्यक्ष नारायण दाहाल सचिव आनन्द पोख्रेलल लगाएको उपस्तिथी थियो ।

प्रतिक्रिया दिनुहोस्