नेकपा रुकुम पूर्वको कमिटीले पुर्णता पायो



धनवीर दाहाल,रुकुम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वको जिल्ला कमिटीले पुर्णता पाएको छ । रुकुम पूर्वमा नेकपाको एकता गत मंसिरमा नै टुंगिएपनि केन्द्रको निर्णय पर्खिँदा अन्तिम रुप दिन ढिलाई भएको थियो ।

जिल्ला स्तरको एकता टुंग्याउन बनाइएको कार्यदलबाट जिल्ला अध्यक्षमा पूर्व माओवादीको तर्फबाट होमप्रसाद श्रेष्ठ र सचिवमा पूर्व एमालेको तर्फबाट सतमान पुनलाई सिफारिस गरि पठाएकोमा पछिल्लो पटक नेकपाको केन्द्रिय सचिवालयले दुईपार्टीका साविक अध्यक्षहरुलाई नै अध्यक्ष र सचिवको जिम्मेवारी दिने निर्णय गरेपछि अध्यक्षमा हेरफेर भएको छ ।

सचिवालयको उक्त निर्णयपछि साविक नेकपा माओवादी केन्द्र रुकुम पूर्वका अध्यक्ष मेघबहादुर श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाउनुभएको हो । सचिवमा साविक एमालेका जिल्ला अध्यक्ष सतमान पुन नै कायम हुनुभएको थियो । उहाँहरुको नेतृत्वमा बनेको कूल एकसय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व माओवादी केन्द्रबाट ८१ पूर्व एमालेबाट ५४ सदस्य रहनुभएको छ ।

नयाँ जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुको सपथग्रहणका साथै प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको छ । प्रशिक्षणमा बोल्ने वक्ताहरुले दुईपार्टी एउटा भएकोले मिलेर आगामी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं ५ नम्बर प्रदेश कमिटीका सचिव जगप्रसाद शर्मा, केन्द्रीय सदस्य कमलाहरु कमला रोका, खेममान खड्का, दलजित सिर्पाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तीनवटा मात्र स्थानीय तह रहेको यस जिल्लामा पूर्व माओवादीलाई दुई र पूर्व एमालेलाई एक स्थानीय तहमा नेतृत्वको बाँडफाँड समेत गरि सकिएको छ । जसमा पूर्व माओवादीले पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाको नेतृत्व गर्नेछ भने पूर्व एमालेले सिस्ने गाउँपालिकाको नेतृत्व पाउने भएको छ ।

७५ सदस्यीय सबै पालिका स्तरीय कमिटीमा पूर्वमाओवादीको तर्फबाट ४५ र पूर्व एमालेको तर्फबाट ३० जना सदस्यहरु रहने गरी एकता प्रक्रियालाई टुंगोमा पु¥याइएको छ ।

जिल्ला स्तरको कार्यक्रम सम्पन्न भएकोले अब गाउँपालिका स्तरमा समेत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने नेकपा रुकुम पूर्वले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्