भारतमा लोकसभा निर्वाचनः प्रधानमन्त्रीमा फेरि पनि नरेन्द्र मोदी दोहोरिने पक्का



काठमाडौं । अहिले छिमेकी मुलुक भारतमा लोकसभा चुनावको मतगणना भइरहेको छ। ५४२ सिटका लागि सात चरणमा भएको मतदानको बिहीबार बिहानदेखि मतगणना सुरू भएको हो।

अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार भाजपा एक्लैले २९२ सिटमा अग्रता लिएको छ। यसको अर्थ चार वर्षअघि विकासको नारा दिएर प्रधानमन्त्री बनेका नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तै भएको छ ।

भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ। चार वर्षअघि भाजपाले २८२ सिट पाएको थियो। यसपालि झन्डै १० बढी सिटमा अग्रता लिएको छ।

उसको एनडिए गठबन्धनले ३४४ सिटमा अग्रता लिएको छ। प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस पनि चार वर्षअघिभन्दा केही सुधार त गरेको छ तर पनि उसको गठबन्धन अझै धेरै पछि छ।

कंग्रेस एक्लैले ५२ सिटमा अग्रता लिएको छ भने युपिए गठबन्धनको ७९ सिटमा अग्रता छ।

मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्