नगुमाऔं अवसर



पार्टीले चुनाव कसरी हा¥यो, पार्टी किन यति सानो दलमा खुम्चियो भन्ने समीक्षा गर्न वर्ष दिनभन्दा लामो समय खर्चिएको प्रमुख प्रतिपक्षी कांग्रेस अब चाहिँ त्यो बहसबाट थाकेछ। बहसले चुरो कुरो दिन नसकेर राम्रैसँग थला प¥या सो पार्टीका नेता विश्रामपश्चात छाया सरकारसहित सलबलाएका छन्।

छाया सरकार किन भन्ने तर्क सहरबजारमा चलिराख्या बेला सानेपा मुख्यालयमा गाइँगुईं सुनियो– ‘मुलुकमा सशक्त प्रतिपक्षी छ भन्ने प्रमाण पेस गर्नु परेन त रु’ सानेपा तर्क ठीकै होला। तर धरहराले बुझ्न नसक्या कुरो, छाया सरकार गठन गर्न त यत्रो हानथाप चल्या रै’छ, असली मन्त्री बन्ने मौका पा भए झन् कांग्रेस नेताको हाल के हुन्थ्यो ?

छाया सरकार त गठन भयो, यो सरकारमा छाया राष्ट्रपतिचाहिँ कहिले नियुक्त हुने हो ? अनि सरकारलाई कसरी सम्बोधन गर्ने, ‘छाया सरकार’ मात्रै भन्ने कि ‘छाया राष्ट्रपतिको सरकार’ भन्ने ? कांग्रेसमा एकसे एक वरिष्ठ महामहिमहरुको खाँचो छैन, त्यसैले किन छाया राष्ट्रपति नबन्ने रु वास्तविक राष्ट्रपति हुने नहुने कुरा के हो के हो, लौ छाया राष्ट्रपतिचाहिँ बनिहालौं।

प्रतिक्रिया दिनुहोस्