उर्लिए दर्शक



कसले भन्छ नेपाली फिल्म चल्दैन? यसो भन्नेहरूलाई गत शुक्रबार रिलिजमा आएका २ सिक्वेल फिल्म जात्रै जात्रा र वीर विक्रम २ ले गतिलो जवाफ दिएको छ।

जात्रै जात्रा र वीर विक्रम २ ले फिल्म गतिलो भए दर्शक उर्लिएर हलमा पुग्छन् भन्ने उदाहराण फेरि प्रस्तुत गरेको छ। दर्शक र फिल्मक्षेत्र दुवैका लागि प्रतीक्षाको विषय बनेको जात्रै जात्रा राजधानीसहित देशैभरि आक्रामक व्यापार गर्न सफल भएको छ। थोरै फिल्ममात्र त्यस्ता हुन्छन्, जसले समीक्षक र दर्शक दुवैबाट वाहवाही पाउन सक्छन्। पछिल्लोपटक रिलिजमा आएको जात्रै जात्रा यिनैमध्येको फिल्म हो।

यसले दर्शकबाट अपार साथ पाएको छ भने समीक्षकबाट समेत सकारात्मक प्रतिक्रिया पाएको छ। फिल्मको लोकप्रियतास“गै यो फिल्मका लागि मल्टिप्लेक्स थिएटरले दिनदिनै शो थपिरहेका छन्। थप भएका शोअनुसार यसका दर्शक पनि बढेका छन्। फिल्मका निर्देशक प्रदीप भट्टराईका अनुसार फिल्मले आइतबारसमम्म ३ करोड रुपिया“को हाराहारीमा व्यापार गरेको छ। शनिबार जताततै हाउसफुलको व्यापार गरेको जात्रै जात्राले सार्वजनिक बिदाबाहेकका अन्य दिनमा पनि ९० प्रतिशत दर्शक पाएको विभिन्न मल्टिप्लेक्सको रेकर्डले देखाएको छ।


जात्रै जात्रा निर्देशक प्रदीप भट्टराईको डेब्यु निर्देशन फिल्म जात्राको कथानक सिक्वेल हो। नेपालमा कथाकै हिसाबल थोरै मात्र सिक्वेल बनेका छन्। जात्राको कथालाई निरन्तरता दि“दै कथानक हिसाबले सिक्वेलका रूपमा तयार पारिएको जात्रै जात्रामा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया“, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कवीन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा, अरविन खड्कालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।

फिल्म पैसा र सुनको कथामा रोचक ढंगले बनेको छ। फिल्मका नायक विपिन कार्कीले जात्रै जात्राबाट पनि दर्शकको साथ पाउने अपेक्षा गरे पनि यति धेरै माया पाउने नलागेको बताए। नायिका वर्षा राउतले आफूहरूको मिहिनेत गरेर उत्कृष्ट फिल्म तयार पार्ने कोसिस सफल भएको बताइन्। निर्देशक प्रदीप भट्टराईले फिल्मको व्यापारस“गै दर्शक र समीक्षकको प्रतिक्रिया पनि सुखद भएकाले फिल्म लामो समयसम्म चल्नेमा विश्वस्त रहेको बताए। ‘जात्राप्रतिको माया र भरोसालाई जात्रै जात्रामा कायम राख्न सकिन्छ कि सकिन्न भन्ने डर थियो। दर्शक र समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाउ“दा जिम्मेवारी थपिएको महसुस भएको छ।’ –निर्देशक भट्टराई भन्छन्।
रवीन्द्र सिंह बानिया“, सिंगे लामा र यादव पौडेलद्वारा निर्मित तथा निर्देशक भट्टराईद्वारा नै लिखित फिल्ममा संगीत कालीप्रसाद बा“स्कोटा, राजनराज सिवकोटी र कृष्ण भारद्वाज, कोरियोग्राफी कविराज गहतराज र प्रवीण सिंह, द्वन्द्व शंकर महर्जन, छायांकन शिवराम श्रेष्ठ र सम्पादन मित्र डि गुरुङको रहेको छ।

जात्रै जात्रा हेर्न दर्शक मल्टिप्लेक्समा उर्लिरहेका बेला सिंगल थिएटरमा वीर विक्रम बलियो देखिएको छ। मल्टिप्लेक्स थिएटरमा थोरै सोमा खुम्च्याइएको वीर विक्रम २ ले सिंगल थिएटरको आडमा आइतबारसम्म डेढ करोड बढी कलेक्सन गरेको छ। दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको फिल्म दर्शकबाट रुचाइएको पाइएको यसका निर्माता निर्देशक मिलन चाम्सले बताए। यो फिल्म मिलनकै फिल्म वीर विक्रमको नामका हिसाबको सिक्वेल हो। ‘दर्शकले वीर विक्रमको चर्चा नै गर्नुभएन, यसको अर्थ सिक्वेलले बा“ध्यो’, निर्देशक चाम्स भन्छन्– ‘राम्रो फिल्म आउ“दा दर्शकले हेर्छन् भन्ने प्रमाण वीर विक्रम २ र जात्रै जात्रा हो।’ मित्रताको कथामा बनेको फिल्ममा युवतीको आगमनपछि दुई मित्रबीच आउने उचारचढावलाई विषय बनाइएको छ।

चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको प्रस्तुतिमा निर्मित फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ, क्षितिज सुवेदी, देशभक्त खनाल, बेनिषा भण्डारी, मनोज केसी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतमलगायतले अभिनय गरेका छन्। अर्पण सापकोटा कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, सुदीप बरालको छायांकन निर्देशन, नवराज उप्रेतीको छायांकन र बनिष शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्