को बलियो, चोर कि पुलिस ?



गुच्छा खेल्ने, रुमाल लुकाउने, गोटी खेल्ने, ढ्याक हान्ने, चोर पुलिस बन्ने जस्ता खेलसँग अहिलेको हजुवा–हजुरआमा पुस्ता राम्रैसँग जानकार छ । अधवैशे पुस्ता झन् जानकार नहुने कुरै भएन । प्रविधीमा आएको छलाङले नयाँ पुस्ताका लागि त्यस्ता खेल दन्त्य कथा बनिरहेका छन् ।

कम्प्युटर, मोवाइल, ट्याव, इन्टरनेट अनि सामाजिक सञ्जालको नयाँ पुस्ता पत्रकारिताको भाषामा ‘ट्यावलोइड’ बनेको छ । ‘उम्रँदैका तीनपात’ भनेझै नयाँ पुस्ता जन्मिएको दुई चार दिनदेखि नै मोवाइलमा हात लम्काउँछ, केही महिनापछि मोवाइल र कम्प्युटरमा चोर पुलिस र अनेक खेलमा अभ्यस्त भइसक्या हुन्छ ।

बास्तविक जिवनका चोर पुलिसको अवस्था नियाल्यो भने नयाँ पुस्ताले राम्रैसँग गिज्याउँछ । चोरसँधै सुपर हिट, पुलिस निरिह अनि सुपर फ्लप भएसी नगिज्याओस कसले ? सोमबार पक्राउ परेका विष्णु लामा अर्थात् ‘काले डाँका’लाई पक्राउ गरेसी थाहा भो, कालेलाई प्रहरीले घोक्रेठ्याक लगाउन खोज्या वर्षौ भएछ । काले सोमबार विहानै काठमाडौंको टोखाबाट पक्राउ प¥या छन् ।

१३ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेका काले ३३ वर्षको उमेरमा पटक–पटक पक्राउ पर्दा चानेचुने भा’छैनन् । काठमाडौंभित्रै प्रहरीका एआईजी, डीआईजी, एसपी जस्ता भीआईपीहरुको घर सहजै फोड्ने, चोर्ने भएसी काले चानेचुने हुन् र भन्या ? यही काले काण्डले ऊ बेलाको चोर पुलिस खेल झलझली सम्झाएको छ ।

प्रतिक्रिया दिनुहोस्