तल्लो मोदीखोला जलबिद्युतबाट असार पहिलो साता परिक्षण उत्पादन



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतमा निर्माणधिन २० मेघावाट क्षमताको तल्लो मोदी जलजबिद्युत आयोनाले असार पहिलो साता परिक्षण उत्पादन थाल्ने भएको छ ।

बैषाख पहिलो सातामा नै परिक्षण उत्पादन थाल्ने योजनामा रहेको जलबिद्युत आयोजनामा ग्रिड कनेक्सन र टनेलमा देखिएको समस्याका कारण परिक्षण उत्पादन असार पहिलो साता पुगेको हो ।

निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परिक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भैरहेको छ । बैषाखको अन्तिम साता परिक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भैरहेको छ । मर्मतको काम सक्न अझै एक महिना लाग्न सक्ने देखिएको छ । कुस्मा नगरपालिका ७ चुवाको परादी स्थित पावरहाउस देखि मोदी गाउँपालिकाको पातीचौर सम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बिचबिचमा कम्जोर भूभाग भेटिएको थियो ।

मर्मतको काम जेठको तेस्रो साताभित्र सकेर असार पहिलो सातामा परिक्षण उत्पादन गर्ने योजना रहेको आयोजना स्रोतले जनायो । टनेलमा पक्की नगरिएको ठाउँमा पानी चुहिएपछि पहुँच मार्ग(अडिट टनेल)बाट पानी बाहिर आएको थियो ।साउथ एसिएन लिमिटेडले सुरुङ्ग निर्माणको काम गरेको थियो ।

अहिले सुरुङ्गमा परिक्षण र मर्मतको काम भैरहेको आयोजना प्रमुख पवनकुमार यादबले बताउनुभयो । ‘मर्मत सकिएपछि सबै प्रकृया पुरा गरेर परिक्षण उत्पादन थाल्छौ’उहाँले भन्नुभयो केही प्राबिधीक समस्याहरु देखिएपछि परिक्षण उत्पादन सोचे भन्दा ढिलो शुरु हुने अबस्था आएको हो । ’

यसैगरि पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिँदा पन िनिर्माण कार्यमा ढिलाइ भएको छ । परादीस्थित पावर हाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युतको तार करिब ७ मिटर नपुग्दा पनि ढिलाई हुन पुगेको छ ।

आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौं नोक्सान हुने बताएको छ । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावर हाउसदेखि प्रसारण लाइनसम्म पु¥याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।

अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्