लुम्बिनीको ज्योति सगरमाथातर्फ



मनोरञ्जन शमा, लुम्बिनी
बिश्वको सबैभन्दा उच्च स्थल सगरमाथा क्षेत्रमा आयोजना हुने एभरेष्ट म्याराथनका लागी लुम्बिनीमा रहेको पबित्र शान्ति द्धिपको ज्योति शनिबार त्यसतर्फ पठाईएको छ ।

लुम्बिनी भ्रमण बर्ष २०७६ तथा २५६३ औं बुद्धजयन्तीको अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ज्योति ओलम्पियन तथा किर्तिमानधारी धावक बैकुन्ठ मानन्धरलाई हस्तान्तरण गरे । हस्तान्तरण गर्नु पुर्ब उक्त ज्योति प्रज्वलित गर्दै शान्ति द्धिप स्थलको एक चक्कर लगाई धावक मानन्धरलाई हस्तान्तरण गरेका थिए ।

शान्ति द्धिपको ज्योती सर्वोच्च शिखर सगरमाथामाको आधार शिविरमा मे २८ (जेठ १४ गते ) पुरर्र्याईनेछ । एभरेष्ट म्याराथन मे २९ मा आयोजना हुने आयोजक हिमालयन एक्सपिडिशन तथा बुद्धिष्ट सर्किट डटकमका सस्थापक एबं अध्यक्ष पर्यटन बिद बिक्रम पाँडेकाजीले बताए ।

बिगत ४ बर्ष देखि निरन्तर शान्ति द्धिपको ज्योति एभरेष्ट म्याराथनको अबसर पारी आधारशिबिरमा लगिदै आएको उनले बताए । पबित्र स्थल लुम्बिनीबाट ओलम्पियन मानन्धर संगै रमेश सुनुवार, सञ्चार लाल बैद्य, भिम बहादुर गुरुंगले शान्ति द्धिपको ज्योतिलाई आधार शिबिरमा पुरयाउनेछन् ।

शान्ति दिपको ज्योतीलाई मे २८ र २९ मा (एभरेष्ट डे)का दिन सगरमाथा आधार शिबिरको परिक्रमा गराईने छ । सोही दिन बिश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करण आयोजना हुने छ । दुई पर्यटकीय केन्द्र लुम्बिनी र सगरमाथालाई बिश्व शान्ति द्धिपको ज्योति मार्फत साहसिक खेल पर्यटनले जोडेको छ ।

एभरेष्ट म्याराथनमा यसपटक बिश्वका ३० देशका २ सय १५५ बढी बिदेशी धावकले भाग लिदैछन् ।

यो सस्थाले बिगत ५ बर्ष देखि लुम्बिनी पिस म्याराथनको समेत आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्