तीन सय नपर्ने वाइन माग्दा ५ हजार जाने पाए



म्यानचेस्टर (एजेन्सी)
इंग्ल्यान्डको एक बारमा २ सय ९० डलर मुल्यको वाइन बोटल अर्डर गरेको एक ग्राहकले ५ हजार डलर मुल्य पर्ने वाइन भैटाए । महिला वेटरको गल्तीले उनलाई माग बमोजिमको नभइ उक्त महँगो वाइन सर्भ भएको थियो । दुबै बोटल एकै जस्तो देखिने भएको ले वेटरबाट गल्ती भएको हो ।

यति महंगो गल्ती गर्ने कर्मचारीमाथि बारका मालिक आक्रोसित नहुनु यो घटनामा अर्को रोचक प्रसंग हो । उनले ट्विटमा उक्त घटनाको उल्लेख गर्दै ग्राहकलाई सम्बोधन गर्दै भने, तपाईको साँझ रमाइलो भयो होला ।

आफनी कर्मचारी सदस्यका लागि पनि मालिकले लेखेका छन– यो गल्तीका बावजुद हामी तपाईलाई माय गर्छौं तर फेरी यसतो गल्ती दोहोर्याउनु हुँदेन ।

बारका मालिकको ट्विटलाई २५ हजार भन्दा धेरै लाइक पाएको छ । केहिले कर्मचारीमाथि कडा कारवाही गर्न भनेका थिए । तर रेस्टुरेन्टले उनीहरुलाई जवाफमा ठुलो अक्षरमा दुबै बोटल हेर्दा उस्तै देखिएकोले त्यसतो हुन गएको प्रष्ट पारेको छ ।

बार मालिकले एक अन्तरवार्तामा उक्त घटनाको बारेमा बाल्दै अर्को स्थानबाट म्यानेजरले महिला वेटरलाई मद्दत गरिरहेको बताएका थिए । वेटरले गल्तीबस अर्को बोटल उठाइन ् । ग्राहकलाई पनि यस विषयमा थाहै भएन । हाम्रा कर्मचारी होसियार छन्, त्यसैले हामी उनलाई माफ गर्ने निर्णयमा पुग्यौं ।

प्रतिक्रिया दिनुहोस्