हुवावेलाई लक्षित गर्दै ट्रम्पले संकटकाल लगाए



वासिङटन (एजेन्सी)
अमेरिकी सन्चार सन्जाललाई विदेशी शत्रुबाट बचाउने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।

ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले एक बयानमा भनिन्– यो आदेश संघिय सरकारलाई राष्ट्रिय सुरक्षामा अस्विकार्य जोखिम उत्पन्न गराउने विदेशी प्रविधि आपुर्तिकर्ताहरुसँग ब्यापारिक लेनदेन गर्ने अमेरिकी कम्पनीहरुलाई रोक्ने शक्ति प्रदान गर्छ ।

ट्रम्पले अमेरिकाको सुचना तथा सन्चार प्रविधि तथा सेवाको रक्षा गर्ने आफनो प्रतिबद्धता अनुरुप उक्त आदेश जारी गरेको बयानमा उल्लेख छ । ह्वाइट हाउसको विज्ञप्तीमा भनिएको छ– राष्ट्रपतिको आदेशमा अमेरिकी कम्पनीहिरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्धित गरिएको छ । आदेशमा ती विदेशी टेलिकम सेवाहरुबाट राष्ट्रिय सुरक्षालाई खतरा हुने उल्लेख छ ।

ट्रम्पले आफनो आदेशमा कुनै कम्पनीको नाम लिएको छैन । यद्यपी विश्लेषकहरुले राष्ट्रपति ट्रम्पले यो कदम विशेष गरि चीनको टेलिकम कम्पनी हुवावेलाई लिएर उठाएको बताएका छन् ।

केही देशले उक्त कम्पनीका उपकरणको प्रयोग चीनले विश्वमा निगरानीका लागि गर्न सक्ने आशंका गरेका छन् ।

टेलिकम उपकरण बनाउने विश्वको यो सबैभन्दा ठुलो कम्नी हुवावेले ती आसंकालाई निराधार भएको बताएका छन् र उसको कामबाट कसैलाई नोक्सान नहुने र जासुसीको कुनै जोखिम नहुनेमा जोड दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्