एनआईसी एसियाले ऋणपत्र जारी गर्दै



काठमाडौं, (नेस)

एनआईसी एसिया बैंकले हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपिया“ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत भएका एनआईसी एसिया ऋणपत्र २०८३÷८४ निष्काशनको निमित्त बंैकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

१० दशमलव २५ प्रतिशत ब्याज भएको उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एसिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ ।

४ अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला हुनेछ । प्रस्तावित ऋणपत्र १० दशमलव २५ प्रतिशत बार्षिक ब्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

प्रतिक्रिया दिनुहोस्