कृषि विकास बैंकद्वारा आश्रमलाई एक लाख



हेटौंडा ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायसहित केन्द्रीय टिमले मानवसेवा आश्रम हेटौंडाको अवलोकन गरेको छ । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत् सहयोग एवम् सहकार्यका लागि प्रमुखसहित टोलीले आश्रम मुख्य कार्यालय अवलोकन गरेको हो ।
अवलोकनका क्रममा कार्यकारी अधिकृत उपाध्यायले आश्रमलाई एक लाख सहयोग हस्तान्तरण गर्नुभयो । मानवसेवा आश्रमले मानवता प्रवद्र्धनको क्षेत्रमा पु¥याइरहेको योगदान प्रशंसनीय रहेको बताउँदै उपाध्यायले यसअघि पनि बैंकले आश्रमलाई केही सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो–सुरुका वर्षहरुमा पनि कृषि विकास बैंकको आश्रमलाई सहयोग गरेको थियो र आगामी दिनमा पनि बैंक साथमा रहनेछ ।
अवलोकन भम्रण टोलीमा उपमहाप्रवन्धक पूर्णप्रसाद अर्याल, प्रताप सुबेदी, विभागीय प्रमुख बाबुकाजी थापालगायत उच्च पदीय कर्मचारी सहभागी हुनुहुन्थ्यो । मानवसेवा आश्रमको अवलोकन भ्रमणका लागि बैंक हेटौंडा प्रवन्धक नुरप्रसाद गौतमले संयोजन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्