जासुसीको आरोप



तेहरान,(एजेन्सी)
संयुक्त अधिराज्यका लागि जासुसी गरेको अभियोगमा इरानमा एकजना इरानी महिलालाई दस वर्ष लामो कारावास संजाय सुनाइएको छ । न्यायालयका प्रवक्ता गोलाम हुस्सने इस्माइलले नाम नखुलाइएकी ति महिला सास्कृतिक संस्था ब्रिटिस काउन्सिलका इरानको मामिला हेर्ने डेस्कका प्रमुख हुन् ।

अनुसनधानको क्रममा उनले वेलायती गुप्तचर निकायलाई सहयोग गर्दै आएको स्विकारेकी छिन् । सन् २०१८ को मार्चम हिरासतमा लिइएकी लन्डन स्थित ब्रिटिस काउनिस्लका कर्मचारी तथा आर्टसका बिद्यार्थी आरास आमीरी नै यि महिला हुनुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्