शब्द पनि अल्पायु



मान्छेको आयु अचम्मैको हुन्छ भन्या । कोही गर्भमा हुँदै मर्ने कोही जन्मिएकै दिनमा परलोक हुने कोही दुई चार दिनमा स्वर्गको बाटो रोज्ने । दीर्घजीवि हुने पनि यही धर्तीमै छन् । अन्य जिवजन्तुलाई पनि यस्तै तथास्तु प्राप्त भइरहन्छ ।

अहिले त मान्छे मात्रै होइन मान्छेले जुराएका र न्वारन गरेका शब्द शब्दावली पनि अल्पायुका हुन थाल्या छन् । गत साता पीएम ओलीले संसदमा उच्चारण ग¥या केही शब्द अल्पायुका भए । ओलीले प्रतिपक्षी दललाई जवाफ दिने क्रममा उच्चारण ग¥या ‘आक्रोश’, ‘कुण्ठा’ र ‘निम्छरा’ जस्ता शब्द संसदको रेकर्डबाटै आउट भएसी अन्ततः ती शब्द ४ दिने आयुका मात्रै भए ।

त्यसो भएसी ती शब्द अब दैनिक बोली चाली, एक आपसको गाली गलोज अनि शब्दकोषमा मात्रै सीमित हुने निधो भयो । धरहरा अब यो निस्कर्षमा पुग्या छ–ओली जस्ता चल्तापुर्जाले त चाहेर मात्र शब्द जिवन्त नहुँदो रै’छ भने गीत संगित अनि साहित्य सिर्जनामा लाग्या नव प्रवेशीको हालत झन के होला ?

अनि शक्तिशाली भनिएका ओलीको बोली संसदले कट् गरेसी कम्रेड ओलीको बोली गन्दुकको गोली सो सरह मान्नेहरु हिजो आज राम्रैसँग झस्किन थाल्या धरहराबाटै प्रष्टै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्