स्कुलमा भेडा



पेरिस (एजेन्सी)
फ्रान्सको एक प्राइमरी स्कुलले विद्यार्थी संख्या कम भएको गुनासो आएपछि १५ भेडालाई भर्ना गरेको छ । उक्त स्कुलमा २ सय ६१ बच्चा मात्र पढ्न आउँछन् । यो स्कुल अवस्थित बेलडोन सहरको आवादी मात्र ४ हजार हो । स्कुलमा भर्नाका लागि स्थानिय गोठालाबाट भेडा ल्याइएको हो ।

भेडा आएपछि उनीहरुको निगरानीका लागि गोठाला र कुकुर अगाडी पछाडी गरिरहेका थिए । स्कुलमा भर्नाका लागि भेडाका जन्म प्रमाणपत्र पनि पेश गरिएको थियो । भेडालाई भर्ना गर्ने प्रस्ताव स्थानिय मेयर ज्याँ लुई मेरेले नै राखेका थिए । उनका बच्चा पनि सोही स्कुलमा पढ्थे । बच्चाहरु भेडा स्कुलमा आएपछि अत्यन्त खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्