अनि पायो झण्डाले न्याय



प्रायः काठमाडौं खाल्डो र मुलुक वरिपरि सोझिने धरहराको दुरविन कहिले काहिँ सात समुद्रपारी पनि सोझिन्छ । धेरैपछि यूरोपेली मुलुकतर्फ धरहराले चासो लियो । स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली दूतावासतर्फ दुरविन सोझिँदा नेपाली झण्डा निकै शानका साथ फरफरफरफर फहराई रहेको देखियो ।

म्याड्रिडको होर्तालेजामा अवस्थित दूतावास परिसरमा नेपालको शान फरफरराउँदा स्पेनी नेपाली मात्रै होइन, समग्र नेपालीलाई हाई हेल्लो गरिरहेको अनुभूत हुन्छ । गत वर्ष भने सो झन्डा दिनरात फरफरराउन पाउँदैनथ्यो, झण्डा निकै दुःखकष्ट सह्यो । अपरान्ह्र कार्यालय समय अन्त्य भएसी र विहान कार्यालय समय शुरु नहुँदासम्म जबरजस्त झण्डालाई सुत्न बाध्य पारिदो रै’छ ।

सो मुलुकका लागि नेपाली राजदूतसाबले अपरान्ह्र तल सार्ने र विहान कार्यालय समयसँगै माथि धकेल्ने अनि स्यालुट ठोक्ने अभ्यासले विचरा झण्डाले धेरै महिना कष्ट सह्यो । यस्तो अभ्यास विरुद्ध स्पेनी नेपालीले असन्तुष्टी पोखे तर राजदूत आफ्नो अडानमा २०को १९ भएनन् । यस्तो दैनिकीले निरन्तरता पाइराख्या बेला इजरायलका लागि तत्कालिन नेपालीदूत आफ्नै पार्टीको कोटाका राजदूतसाबसँग हाई हेल्लो गर्न होर्तालेजा पुग्दा झसङ्गै भएछन् ।

‘राजदूसाब यो त अपरिपक्व कुटनीति भो, कुटनीतिमा यस्तो अभ्यास कहिकतै हुन्न’–इजरायली दौतरीले यस्तै र अन्य कुटनीतिक अभ्यास ब्रिफिङ गरेसी झण्डाले धेरैपछि न्याय पाएको चर्चा अहिले पनि म्याड्रिड वरिपरी बाक्लै सुनियो ।

प्रतिक्रिया दिनुहोस्