चलचित्र पत्रकारिता पुरस्कार समाचारपत्रकर्मीलाई



हेटौंडा, (नेस)।
चलचित्र पत्रकार संघ मकवानपुरले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरबाट नेपाल समाचारपत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने भएको छ। पराजुलीलाई प्रदान गरिने पुरस्कारको राशि ५ हजार छ।

त्यसै गरी राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ। लम्साललाई प्रदान गर्ने पुरस्कारको राशि नगद १० हजार छ। संघ मकवानपुर शाखाको शनिबारको बैठकले हरेक वर्ष जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा पुरस्कृत गर्न लागेको हो।

मकवानपुरमा जन्म भएर राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारलाई सम्मानस्वरूप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यस वर्ष नेपाली चलचित्रका द्वन्द्व निर्देशक, कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष मणिराज गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्