पुनम र ओभिया लिटिल मिस हेरिटेज



लिटिल मिस हेरिटेज युनिभर्स २०१९ को उपाधि प”नम श्रेष्ठ र ओभिया भण्डारीले जितेका छन्। पुनमले सिनियर तथा ओभियाले जुनियरतर्फको उपाधि जितेका हुन्।

१४ प्रतियोगिलाई पछि पार्दै उपाधि चुमेका दुवै विजेताले नगद २५ हजार रुपियाँ नगदसहित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्।

प्रतियोगिताको फाइनल स्पर्धामा सिनियरतर्फ निरजला महरर्जन फस्ट र विनिता नेपाल सेकेन्ड रनर्सअप हुँदा जुनियरतर्फ गरिमा रञ्जित फस्ट र प्रियान्सी लामा सेकेन्ड रनर्सअप भए। जेनिथ इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा अभिनेता रेश महर्जन, मिसेज टप अफ वल्र्ड नेपाल अनिला तुलाधर, मिसेज हेरिटेज नेपाल दुर्गा विसुराल, अदीति श्रेष्ठ, फोटोग्राफर केरविन राजकमिकालगायत निर्णायक रहेका थिए।

कार्यक्रम परीक्षा विष्टको कोरियोग्राफी र सांगीतिक प्रस्तुतिका साथ सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्