असान्जलाई ५० हप्ताको जेल



लन्डन (एजेन्सी)
विकिलिक्स संस्थापक जुलियन असान्जलाई बेलायतको एक अदालतले ५० हप्ताको जेल सजायँ सुनाएको छ । उनीमाथि ७ बर्ष अगाडी एक मामिलामा जमानतको सर्त उलंघन गरेको आरोप लगाइएको थियो ।

स्विडेनमा एक महिलाद्वारा उनी विरुद्ध यौन उत्पिडनको आरोप लगाएकी थिइन् । उक्त कान्डमा लन्डनमा पक्राउ परेपछि आफुलाई स्टकहोम हस्तान्तरण हुन सक्ने प्रक्रियाबाट बच्नका लागि सन् २०१२ मा इक्वेडर दुतावासमा सरण लिएका थिए । गत महिना इक्वेडर सरकारका तर्फबाट छुट प्राप्त भएपछि लन्डन प्रहरीले उनलाई गिरफतार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्