गाँजामा हुरुक्क बन्दै युवा



सन्तोष परियार कहिलेकाही साथीहरुसंग बसेर गा“जा सेवन गर्ने गर्दथ्यो ।कहिलेकाही गा“जा खाने बानीले गर्दा उनी ग“ाजा ओसारपसार गर्र्न सम्म पछि परेनन् ।

लाकुरीभञ्ज्याङ्ग गा“जा बोकेर आईरह“दा प्रहरीले उनलाई चापाखर्कबाट आईतबार पक्राउ गरेको थियो । पहिलो पटक गा“जा बोकेर आइरहेको बताउने परियारको झोलाबाट १ केजी, २ सय ग्राम गा“जा भेटिएको थियो ।
त्यसको अघिल्लो दिन शनिबार पनि प्रहरीले लाकुरीभञ्ज्याङ्ग बाटै २ केजी, ६ सय ग्राम गा“जा बरामद गरेको थियो । ट्रयाक्सीमा चेकजा“च गर्ने क्रममा ट्रयाक्सीको डिगीबाट सो परिमाणको गा“जा भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

ट्रयाक्सीमा गा“जा भेटिएपछि प्रहरीले ट्रयाक्सीमा बसेर आईरहेका प्रजिना खत्री, ३६ वर्षीय पिटर जि.सी र चालक जेनिस मालीलाई पक्राउ गरेको थियो । प्रहरीको अहिलेसम्मको अनुसन्धानले जि. सी गा“जा ओसारपसार गर्ने मुख्य अभियुक्त रहेको छ । घटनामा खत्री र चालक मालीको संलग्नता बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना जगाउन महानगरीय प्रहरी परिसर ललितपुरसंग मिलेर लगातार दुई वर्ष सडक नाटक देखाएको राष्ट्रिय युवा महासंघ ललितपुरले गरेको अध्ययन अनुसार ओसारपसारमा सेवन गर्ने र बिक्री गर्ने र बिक्री मात्र गर्ने गरी दुइटा समूह संलग्न रहेका छन् । यसमा कलेज पढ्ने युवाको डरलाग्दो सहभागिता छ । कुलतमा फसेका र पछि खर्च बेहोर्न नसक्नेहरू पनि कारोबार गर्न थाल्छन् ।

‘काभ्रेबाट लाकुरीभञ्ज्याङ्ग हु“दै ललितपुरतिर गा“जा ओसारपसार गर्ने क्रम बढेको छ ।एकपछि अर्को गरी भएको घटनाले यहीतर्फ संकेत गरेको छ ।’वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भन्नुभयो ।

‘किशोर अवस्थाबाट युवा अवस्था प्रवेश गर्नेक्रममै यस्ता गतिविधिमा संलग्नु हुुनु समाजको लागि राम्रो संकेत होइन।’ पहिलो पटक गा“जा बोेकेर आएको बताउने परियार भर्खरै २१ वर्ष पुगेका हुन् शुरुमा गा“जा सेवन गर्ने युवा नै पछि गएर गा“जा ओसारपसार गर्नेसम्म संलग्न हुने गरेको कुनै नौलो विषय होइन । नौलो विषय नभएपनि अहिले यस्तो कम हुनुको साटो झन् झन् बढीरहेको छ ।

अर्का अभियुक्त खत्री पनि २० वषकै छिन् । मुख्य अभियुक्त जि. सी पनि ३६ वर्षका छन् ।चालक माली पनि २८ वर्षका हुन् । लागू औषध दुव्यर्सनी, ओसारपसार र बिक्री वितरणमा युवावर्गकै संलग्नता बढ्दो रहेको दुई सातायताको घटनाको विवरणले देखाएको वृत्तले जनाएको छ ।

शनिबार पनि खुमलटारमा कृतन लामाबाट प्रहरीले डाईजाल्याब ४ एम्पुल, फेनारगन ४ थान, नुफिन ४ थान बराबम गरेको थियो । सोही बखत उनको मोटरसाईकलमा बस्ने अभिषके केसीलाई पनि पक्राउ गरिएको छ । लामाले सोही दिनमात्रै १५ हजार बराबर लागू औषध बिक्री गरेको बताए । पक्राउ पर्ने लामा २८ र केसी २१ वर्षका छन् ।


प्रहरीले पक्राउ पर्ने सबै को अभियुक्तको आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।शुरुमा लागू औषध सेवन गर्दै पछि कारोबारमा सक्रिय हुनेगरेको घटनाक्रमका यी उदाहरण हुन् । लागू औषधमा पनि सबैभन्दा बढी प्रयोग र कारोबार गा“जाकै हुने गरेको प्रहरीले जनाएको छ ।

परिवारको संरक्षण नपाएका, कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिका र युवा लागूऔषधको प्रयोगकर्ता बढी भएको पाइएको छ ।साथीसंगतका कारण थुप्रै बालबालिका युवा कुलतमा फसेका छन् ।

लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना जगाउन महानगरीय प्रहरी परिसर ललितपुरसंग मिलेर लगातार दुई वर्ष सडक नाटक देखाएको राष्ट्रिय युवा महासंघ ललितपुरले गरेको अध्ययन अनुसार ओसारपसारमा सेवन गर्ने र बिक्री गर्ने र बिक्री मात्र गर्ने गरी दुइटा समूह संलग्न रहेका छन् । यसमा कलेज पढ्ने युवाको डरलाग्दो सहभागिता छ । कुलतमा फसेका र पछि खर्च बेहोर्न नसक्नेहरू पनि कारोबार गर्न थाल्छन् ।


‘किशोर अवस्थाबाट युवा अवस्था प्रवेश गर्नेक्रममै यस्ता गतिविधिमा संलग्नु हुुनु समाजको लागि राम्रो संकेत होइन।’ महानगरीय प्रहरीवृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भन्नुभयो ।

लागू औषध दुव्र्यसनीसंग धेरै पाटो जोडिएको छ । लागू औषध सम्बन्धी कानूनी पनि कठोर हिसाबले बनाइएको छ । लागू औषध दुव्र्यसनीहरुलाई विस्तार ओसारपसारमा संलग्न गराउने आएको विभिन्न अनुसन्धानले देखाएको छ । लागू औषधको दलदलमा युवावर्गलाई फस्न नदिन जनचेतनामूलक कार्यक्रमको निकै खा“चो र महत्व रहेको पनि प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्