आदरणीय पुष्कर सरसँगको दुई दशकको सामीप्यता 



विदुरचन्द्र लामिछाने
कुरा २०५१÷०५२ सालतिरको हो। पत्रकारिता विषयमा भर्खर स्नातक सकेर त्यसलाई अभ्यासमा ल्याउने शुरुआती चरणमा थिएँ। कताकताबाट एकजना साथीमार्फत थाहा पाएँ, काठमाडौंमा साँझपख निस्कने एक ट्याबलाइट पत्रिकामा केही रिपोर्टर चाहिएको कुरा।
तिर्खा लागेपछि पँधेरो जतिनै टाढा भए पनि धाएर नै गएर पनि तिर्खा मेटिन्छ भने जस्तै मलाई पनि आफूले सिकेका कुरालाई व्यवहारमा उतार्ने तिर्खाले त्यहाँसम्म पु¥यायो। पत्रिकाको कार्यालय ढल्कोमा रहेछ। पत्रिकाको नाम ‘प्रतिदिन’ दैनिक। सोही प्रकाशनबाट अर्को नेवारी पत्रिका सन्ध्या टाइम्स पनि प्रकाशन हुँदो रहेछ। त्यतिबेला साँझपख प्रकाशन हुने र पाठकले पनि कुरेरै पढ्ने पत्रिकाहरूमा नेपाली भाषाको महानगर, प्रतिदिन र नेवारी भाषाको सन्ध्या टाइम्स थिए। साँझपख ती पत्रिकाहरू किन्न असन, इन्द्रचोक, रत्नपार्कतिर हारालुछ नै हुन्थ्यो।
त्यसका सम्पादक सुजीव शाक्य हुनुहुँदो रहेछ। मैले सम्पादक शाक्यसँग गएर आफ्नो सबै वैयक्तिक विवरण बुझाएँ र आफूलाई काम गर्ने तीव्र इच्छा भएको कुरा उहाँलाई खुलस्त राखें। मेरो चाहना देखेर उहाँले मलाई भोलिदेखि आउनु भन्नुभयो। म काम गर्ने मौका पाएपछि खुसी भएर घर फर्कें। नियमितरूपमा काम गर्न थालें र मैले पत्रकारितामा सिकेका कुरालाई त्यहाँ व्यावहारिक रूप दिने मौका पाएँ। प्रकाशन गृहले खोजेको जस्तै काम गर्न थालेपछि सम्पादक शाक्य पनि मसँग निकै खुसी हुन थाल्नुभयो।
करिब एक वर्ष काम गरेपछि आर्थिक संकटका कारण उक्त प्रकाशन गृहले आफ्नो नेवारी प्रकाशन सन्ध्या टाइम्सलाई नियमितता दिँदै नेपाली भाषाको ‘प्रतिदिन’ बन्द गर्ने निर्णय गरेछ। त्यसको भोलिपल्ट म र मसँगै काम गर्ने अर्का एकजना साथी शुभेच्छा विन्दुलाई सम्पादकले बोलाएर यो कुरा बताउनुभयो। उहाँको कुरा सुनेपछि हामी दुवै केही चिन्तित भयौं। हाम्रा मनमा अब के गर्ने होला भन्ने चिन्ताले सताउन थाल्यो। तर, सम्पादक शाक्यले तिमीहरू दुवै जनाले यस अवधिमा निकै धेरै सहयोग गरेकाले तिमीहरूलाई म त्यसै छोड्दिनँ, दुवै जनाको व्यवस्थापन अर्को कुनै दैनिकमा लगरे गरिदिन्छु भन्नुभयो। तर, हामीलाई कुन, के केही भन्नुभएन। हामीले पनि सम्पादकले नै भनिसकेपछि पक्कै योभन्दा अझ राम्रै होला भन्ठान्यौं।
भोलिपल्ट हामी सधैंझैं पत्रिकाको कार्यालय गयौं ढल्को। केही छिनपछि उहाँ आएर लौ हिँड म आजको समाचारपत्र ९अहिलेको नेपाल समाचारपत्र० का प्रधान सम्पादकलाई लगेर भेटाइदिन्छु भन्नुभयो। मलाई त्यतिन्जेलसम्म प्रधान सम्पादक को हुनुहुन्थ्यो थाहा थिएन। हामीलाई उहाँले त्यस राष्ट्रिय दैनिकको भीमसेनस्थान ९काष्ठमण्डपबाट थोरै तल० स्थित कार्यालयमा लानुभयो। त्यहाँ पुगेपछि, हामीलाई गार्डले चेक गरेर माथि जाने अनुमति दियो। पत्रिकाकोे कार्यालय हेरेपछि, त्यहाँको वातावरण देखेपछि अब राम्रो ठाउँमा काम गर्ने अवसर मिल्ने भो भनेर खुसी लाग्यो।
६ तल्ले उक्त बिल्डिङको सबैभन्दा माथि छैटौं तलामा प्रधान सम्पादकको कार्यालय रहेछ। उहाँको नाम रहेछ पुष्करलाल श्रेष्ठ। बाहिर उहाँको दैनिक कार्य सम्पादनका लागि निजी सहायकको सानो अफिस। उनै निजी सहायकमार्फत हामी तीनै जना भित्र गयौं। उहाँलाई देख्नेबित्तिकै हामीले अभिवादन ग¥यौं। हामीलाई चिन्ने कुरा त भएन, उहाँले हाम्रा सम्पादकलाई देख्नेबित्तिकै ओहो सुजीव के कामले आउनुभयो भन्नुभयो। अनि उहाँले हाम्रा बारेमा यथार्थ कुरा भनिदिनुभयो र हाम्रो कामको चर्चा सुनेपछि प्रधान सम्पादक श्रेष्ठ खुसी हुनुभयो र तत्काल मलाई आर्थिक पृष्ठ हेर्ने संयोजक विमल नेपाल ९हाल सपरिवार अमेरिकामा० र साथी शुभेच्छालाई अर्को पेज हेर्ने संयोजकअन्तर्गतमा रहेर भोलिदेखि काममा लाग्नु भन्ने मौखिक नियुक्ति दिनुभयो। त्यसपछि हामी दुवै जनाले हाम्रा पूर्वसम्पादक शाक्यलाई धन्यवादसहित प्रधान सम्पादक पुष्कर सरलाई राम्रो काम गर्ने प्रतिबद्धतासहित त्यहाँबाट बिदा भई आ–आफ्ना घरतर्फ लाग्यौं।
उहाँले मेरो जीवनमा लगाउनुभएको गुनलाई मैले कहिल्यै बिर्सिनँ । पछिल्लोपटक पुष्कर सर नेपाल मिडिया सोसाइटीको अध्यक्ष पनि हुनुभयो । उहाँले मेरो जीवनमा लगाउनुभएको गुनलाई मैले कहिल्यै बिर्सिनँ । पछिल्लोपटक पुष्कर सर नेपाल मिडिया सोसाइटीको अध्यक्ष पनि हुनुभयो । 
मैले यी सबै कुरा परिवारका सदस्यलाई सुनाएँ। आफ्नो पढाइअनुसार ब्रोडसिट पेपर राष्ट्रिय दैनिकमा काम गर्ने मौका पाउनुले आफूलाई निकै खुसी तुल्यायो। निकै उत्साह पनि जगायो। भोलिपल्ट आफूलाई निकै तयारीका साथ नयाँ अफिसमा काम गर्न कार्यालय समयअघि नै पुगें। सम्पादक, सहसम्पादक, संवाददातालगायत सबैसँग औपचारिकरूपमा परिचय भयो र मलाई मेरो पेजका संयोजक सहसम्पादक नेपालले सबै कुराको जानकारी गराउनुभयो।
पत्रकारिता गर्दा अपनाउनुपर्ने सावधानी, समाचार लेख्दा ध्यान दिनुपर्ने कुरासहित सबै व्यावहारिक कुरा सिकाउनुभयो। हामी पुगेको केही समयपछि प्रधान सम्पादक पुष्कर सर आइपुग्नुभयो। उहाँसँगको अघिल्लो दिनको भेटबाटै म उहाँको व्यवहार तथा बोल्ने शैलीबाट निकै प्रभावित भइसकेको थिएँ। त्यस दिन पनि उहाँले एउटा गार्जेनको हिसाबबाट हामीलाई दिनुपर्ने सबै शिक्षा दिँदै तपाईंहरूबाट पत्रिकालाई माथि उठाउने कार्यमा महŒवपूर्ण जिम्मेवारी निर्वाह हुने आफूले अपेक्षा गरेको कुरा खुलस्त राख्नुभयो। उहाँका कुराबाट हामी अत्यन्त प्रभावित भयौं र अझ बढी उत्साह हामीमा पैदा भयो।
शुरूदेखि नै मलाई आर्थिक पेजमा काम गर्ने जिम्मेवारी तोकिएकाले करिब एक वर्षको अवधिमा आर्थिक विषयवस्तुमा मैले निकै धेरै कुरा जान्ने मौका पाएँ। धेरै कुरा सिकें। त्यसपछि मेरो पेजका संयोजक सहसम्पादक नेपाल मुलुकबाहिर जानुभयो। त्यसपछि पेजको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो। मलाई शुरूमा केही असजिलो महसुस भए पनि पुष्कर सरले सधंै नै मलाई उत्साह दिएर काममा लाग्ने प्रेरणा दिइरहनुहुन्थ्यो। उहाँ कतिपय समय त आफंै नै मलाई लिएर उद्योगी व्यवसायी र कर्पोरेट हाउस, सरकारी संघ÷संस्थाहरूका प्रमुखहरूसँग भेटाएर मेरो न्युज स्रोत बढाउने कार्यमा मलाई सधंै नै सहयोग गर्नुभयो। मुलुकभित्र उद्योग व्यवसायको विकास नभएसम्म कुनै पनि पेसा व्यवसाय दिगो हुन नसक्नेमा उहाँको बलियो विश्वास थियो र सञ्चारमाध्यमले मुलुकभित्र उद्योग व्यवसायको वातावरण बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँको चाहना थियो। त्यसैले हामीलाई सोहीअनुसार निर्देशन पनि दिनुहुन्थ्यो।
नेपाल समाचारपत्रमा करिब १ वर्ष संवाददाता र ३ वर्षजति आर्थिक पेजको संयोजक भई काम गर्ने मौका मलाई मिल्यो। त्यसबीचमा पुष्कर सरसँग जति मैले काम गर्ने मौका पाएँ त्यसले मलाई जीवनमा अगाडि बढ्न निकै मद्दत पुगेको मेरो अनुभव छ। करिब ४ वर्ष समाचारपत्रमा जोडिँदा मलाई निकै धेरै व्यावसायिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग घुलमिल हुने मौका मिल्यो र त्यसले मेरो पेसागत विकासमा निकै ठूलो सहयोग पु¥यायो। त्यसमा मेरो पछाडि सधैं पुष्कर सरको सहयोग र साथ रहेको कुरालाई मैले कहिल्यै भुल्न सकिनँ।
२०५६ सालको शुरूमै नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० मा आनन्दराज मुल्मीको अध्यक्षता सकिँदै थियो। मुल्मीपछाडिको महासंघको नेतृत्व लिने होडमा मुल्मीकै कार्यकालका प्रथम उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष रविभक्त श्रेष्ठ मैदान आउने पक्का भयो। दुवै जना एकअर्काका घनिष्ठ मित्र र मुलुकका प्रतिष्ठित उद्योगपतिहरू।
दुवै मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान भएका औद्योगिक घरानाका व्यक्तित्व हुनुहुन्थ्यो। दुवै जना नेपालको निजी क्षेत्रको नेतृत्व लिन सक्षम व्यक्तित्व पनि। दुवै जनालाई नेपालको निजी क्षेत्रले छुट्याउन चाहँदैनथ्यो। तर, निर्वाचनमा जाने दुवै जना पक्कापक्कीजस्तै थियो। निर्वाचनमा जाँदा एकको जित र अर्काको हार हुने हुँदा हार्ने व्यक्ति महासंघबाट टाढै रहने हुँदा दुवैलाई महासंघबाट टाढा जान नदिने उद्देश्यका साथ निर्वाचन नगरी सहमतिको वातावरण बनाउने प्रयासको थालनी भयो।
त्यसको पहल तत्कालीन समयमा नेपालको मिडिया क्षेत्रका एकजना प्रतिष्ठित र प्रसिद्ध उद्यमी व्यवसायी भाष्करराज राजकर्णिकारले लिनुभएको थियो र सहमतिको वातावरणमा सहयोग गर्न मिडियाका क्षेत्रबाट नेपाल समाचारपत्रले पनि निकै ठूलो सहयोग पु¥याएको मलाई स्मरण छ। त्यसमा पर्दापछाडि रहेर पुष्कर सरले त्यो वातावरण बनाउने कार्यमा सहयोग गर्न मलाई निकै धेरै उत्साह दिनुभयो र मैले त्यसका लागि अध्यक्षका प्रत्यासी दुवै जनासँग पटक–पटक अन्तर्वार्ता, समाचारसमेत लिएर÷लेखेर सहमतिको वातावरण बनाउने कार्यमा निकै धेरै काम गर्ने मौका पाएको थिएँ। ती अन्तर्वार्ता र समाचारका कति कपी त अहिले पनि मसँग सुरक्षित नै होलान्।
राजकर्णिकारको पहल र मिडियाको सहयोगका कारण अन्ततः सहमतिको वातावरण बन्यो। प्रदीपकुमार श्रेष्ठ अध्यक्ष र रविभक्त श्रेष्ठ प्रथम उपाध्यक्षमा तथा अर्को कार्यकालका लागि अध्यक्ष रविभक्त श्रेष्ठलाई अध्यक्षमा निर्विरोध ल्याउने सहमतिपश्चात कुरा टुंगियो। त्यसले दुवैलाई जितको वातावरण दियो। निजी क्षेत्रले यद्यपि ती दुई कार्यकाललाई विशिष्टरूपमा स्मरणसमेत गर्दै आएको छ। महासंघमा मिडिया उद्यमी भाष्करराज राजकर्णिकारको प्रवेश पनि प्रदीपकुमार श्रेष्ठकै कार्यकालबाट भयो।

मैले करिब ४ वर्ष नेपाल समाचारपत्रमा सेवा गर्ने मौका पाएँ। मानिस स्वभावैले निरन्तर अगाडि बढ्न चाहने प्राणी भएकाले मैले तत्पश्चात समाचारपत्रसँगको सेवा नियमित गर्न सकिनँ। तै पनि म जहाँ गए पनि पुष्कर सरसँगको सामीप्यतालाई मैले छुट्न दिइनँ। उहाँले मेरो जीवनमा लगाउनुभएको गुनलाई मैले कहिल्यै बिर्सिनँ। पछिल्लोपटक पुष्कर सर नेपाल मिडिया सोसाइटीको अध्यक्ष पनि हुनुभयो।

 

म कार्यरत संस्था एफएनसीसीआईले मिडिया सोसाइटीसँग होटल शेर्पा मलको माथि रहेको रेड कार्पेट रेस्टुरेन्टमा सोसाइटीका नवनिर्वाचित पदाधिकारीको सम्मानमा एउटा स्वागत कार्यक्रम तथा सोसाइटी र एफएनसीसीआईबीच के–कस्ता क्षेत्रमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा निकै गहन छलफल आयोजना गरेको थियो। त्यस दिन पुष्कर सरले मिडिया र उद्योग व्यवसायबीचको सम्बन्धका विषयमा बोल्दै मुलुकभित्र उद्योग व्यवसायको विकास, उद्यमशीलता विकास, शान्ति सुरक्षाको प्रत्याभूति, लगानी आकर्षणका मुद्दाहरूमा मिडिया सोसाइटीले महासंघलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभएको थियो।

अब पुष्कर सर हामीबीच हुनुहुन्न। उहाँलाई हामीले गुमाएको पनि आज १३ दिन भइसक्यो। एफएनसीसीआईले बेला–बेलामा आयोजना गरेका कार्यक्रममा म आफै सरलाई फोन गरेर बोलाउँथें। उहाँ काठमाडौं बाहिर हुनुभएको अवस्थामा बाहेक सधैं उपस्थित भएर एफएनसीसीआई, समग्र निजी क्षेत्र र मिडियाबीचको सम्बन्ध विकासमा आफ्ना गहकिला सुझाव दिनुहुन्थ्यो। अब त्यो अभाव निजी क्षेत्रले सधैं महसुस गरिरहनेछ।

मिडिया उद्यमी भए पनि उहाँले कहिल्यै आफ्नो व्यक्तिगत स्वार्थका लागि मिडियाको प्रयोग गर्नुभएको पाइएन। देश र जनताको भविष्य उज्ज्वल बनाउने राष्ट्रिय अभियानमा उहाँ हुनुहुन्थ्यो। तर, के गर्नु दैवको लीला, उहाँ हामीमाझ रहनुभएन। उहाँ जानुभयो। उहाँले सञ्चारमाध्यममार्फत लगाउनुभएको गुनलाई देशले सम्झिरहनेछ। नेपालमा पत्रकारिताको विकासमा स्वर्गीय श्रेष्ठको अतुलनीय योगदान र≈यो। सिंगो पत्रकारिता क्षेत्रमा उहाँको अभाव खड्किरहनेछ। पुष्कर सरसँगको करिब २२ वर्षको सामीप्यतालाई स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
अलबिदा पुष्कर सर
प्रतिक्रिया दिनुहोस्