श्रीलंकाको बम आक्रमणकारीहरू सम्पन्न र सुशिक्षित भएको खुलासा



कोलोम्वो,(एजेन्सी)
श्रीलंकाली सरकारी अधिकारीहरुले इस्टर सन्डेको दिन त्यहाँ चर्च तथा होटेलहरुमा भएका श्रंखलावद्ध बम आक्रमणमा संलग्न रहेका मध्ये एकजनाले संय’क्त अधिराज्यमा उच्च शिक्षा हासिल गरेको ब’धवार बताएका छन् । साथै अन्य बम आक्रणकारीहरुकाबारे पनि थप जानकारीहरु संकलन ह’ँदै गरेको बताइएको छ ।

श्रीलंकाका उप रक्षामन्त्री रुवान विजयवर्धनेले अष्ट्रेलियामा थप अध्ययन गनर्’ अघि ति आशंकित आक्रमणकारीले वेलायतमा अध्ययन गरेको जानकारी दिएका छन् । ब’धवार यस घटनामा मरिनेको संखया बढेर ३ सय ५९ प’गेको छ भने अन्य ५ सय जना भन्दा बढि घाइते भएका छन् ।

श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमसिंघेले यि विस्फोटनहरुमा इस्लामिक स्टेट (आइएस ) सम’हको हात रहेको ह’नसक्ने बताएका छन् । ह’न त अघिल्लो दिन नै आइएसले सम्प”र्ण आक्रमणका लागि औपचारिक रुपमा जिम्मेवारी लिएको थियो ।

तर आइएसले आफ्नो दावी प’ष्टि गर्नका लागि क’नैपनि प्रमाण भने पेश गरेको छैन । प्रहरीले नौजना आक्रमणकारी मध्ये आठजनाको पहिचान गरिसकेको छ । ति मध्ये एकजना महिला रहेको तर कोहि पनि विदेशी नभएको पनि बताइएको छ । यसैगरी प्रहरी अन’सनधानबाट अधिकांश आक्रमणकारी स’शिक्षित र मध्यम वर्ग परिवारका सदस्य भएको पनि ख’ल्न आएको छ ।

श्रीलंकाका लागि अमेरिकी राजद’तले थप आतंककारी आक्रमणको षडयन्त्र जारी रहेको चेतावनी दिएका छन् । आक्रमणको सिलसिलामा प्रहरीले अहिले सम्म करिव ६० जना व्यक्तिलाई हिरासतमा लिइसकेको छ । विजयवर्धनेले आक्रमणकारीहरुको आर्थिक स्थिती मजव’त भएको पनि बताएका छन् ।
यसैगरी द’ईजना आक्रमणकारी दाज’भाई तथा कोलम्वोको धनी मसला व्यापारीका छोरा भएको पत्तालागेको छ । प्रहरी स’त्रले ति दाज’भाईले साँग्रिला र सिनामोन ग्रानड हाटेलमा विस्फोट गराएको जनाएको छ ।

अन’सनधानकर्ताहरुले आत्मघाती बम विस्फोट गराउने स्थानिय व्यक्तिहरु र इस्लामिक स्टेट सम’हबिचको सम्बन्धबारे थप अन’सनधान गरिरहेका छन् । प्रायशः सबै आक्रमणकारी सम्मपन्न र स’शिक्षित ह’न’ क’नै आश्चर्यको विषय भने होइन । यद्यपि गरिबी र अवसरहरुको अभावका कारण अधिकांश व्यक्ति आतंकवादको पथमा लाग्ने गरेको बताइए तापनि आरामदायी जीवन छोडेर हिंसको मार्गमा लाग्नेहरु पनि थ’प्रै भेटिएका छन् ।

सन् २००१ के ११ सेप्टेम्वरमा अमेरिकामा य’नाइटेड एयरलायन्सको उडान् ९३ मा रहेको विमान अपरहण गर्ने आक्रमणकारीहरु प्नि लेवनानको सम्पन्न तथा संभ्रान्त परिवारका सदस्य थिए । साथै पेशाले डाक्टर लगायत एनएचएसमा काम गर्ने थ’प्रै वेलायती जिहादी पनि भेटिएका छन् ।

आइएसआइएसका मृत्य’दण्ड दिने काममा खटिएका स्वर्गिय मोहमद एमवाजी उर्फ जिहादी जोेह्न पनि लन्डनको वेस्टमिनिस्टर य’निभसर््िाटीका बिद्यार्थी रहेका थिए । असीको दशकमा अफगानिस्तानमा सोभियत फौज विरुद्ध लड्न जानेक्रममा अल कायदाका सह संस्थापक ओसामा विन लादेन पनि साउदी अरेवियाको जेद्धामा स’विधा सम्पन्न जीवन यापन गरिरहेका थिए । श्रीलंकाली सरकारले स्थानिय कटरपन्थि इस्लामिक समुह नेसनल थोहिद जमाथ ( एनटिजे ) माथि ति विस्फोटको दोषारोपण गरेको थियो ।

यसैबिच यस विष्फोटमा मारिने कूल मानिस मध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मंगलबार जनाएको थियो ।
राष्ट्रसंघियय बालबालिका कोष ( यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जजेनेभामा पत्रकारहरु माझ सो तथ्यांक सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्