सवारी दुर्घटनामा तीन जनाको मृत्यु



काठमाडौं ।
रुपन्देही र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
रुपन्देही, देवदह नगरपालिका ७ शितलनगरस्थित भित्री सडकमा देवदह बोर्डिङ स्कूलको लु १ क १५८५ नम्बरको बसबाट खस्दा बसको टायरले च्यापिएर सहचालक सोही नगरपालिका- ९ घोडाहा बस्ने ३० वर्षिय रामबहादुर नेपालीको आइतबार बिहान घटनास्थलमै भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, बेनिघाटरोराङ गाउँपालिका ३ सलाङघाटस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट मनकामनातर्फ जाँदै गरेको बा ४ ख १४१५ नम्बरको मिनि बस अनियन्तित भई सडकबाट अम्दाजी ३० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा बसमा दोलखा चरिकोट बस्ने २६ वर्षीय हरिबंश केसीको घटनास्थलमै र गम्भीर घाइते भएकी दोलखा कालिन्चोक गाउँपालिका(७ बस्ने ७१ वर्षीया पार्वती बुढाथोकीको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार २५ जनामध्ये १६ जनालाई राजमार्ग अस्पताल मलेखु र ९ जनालाई गजुरी अस्पतालतर्फ लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्