विद्यालय पहुँच भन्दा बाहिरका विद्यार्थी !



पुष्पा थापा, सर्लाही
सर्लाहीका दलित तथा सीमान्तकृत समुदायका द्येरै बालबालिका विद्यालय पहुँच भन्दा बाहिर छन् । अशिक्षा र गरिबीको कारण उनीहरु विद्यालय जान छोडेर गाउँ घरका साहु महाजनकँहा घरमा घरेलुु कामदारको रुपमा काम गर्न बस्ने गरेका छन ।दलित समुदायका बालबालिकाहरु द्येरै जसो हिउँदको समयमा बाबुआमा सँगै ईटाभट्टा र भारतको पन्जावमा आलु रोप्ने काममा जाने भएकाले दलित समुदाय बालबालिकाहरु पठनपाठनबाट बञ्चित भएका हुन ।

बाबुआमासँग काम गर्न बाहिर गएका बालबालिकाहरु वर्ष लागेपछि मात्र घर फर्किने गरेका छन ।उनीहरु अहिले बाबुआमासँगैे काम सकेर घर आएपनि अधिकांश दलित समुदायका बालबालिका दिनभरी खोला माछा मार्ने ,खेतबारीमा काम गर्ने र गाई बाख्राको गोठालाको रुपमा काम गर्ने गरिरहेका छन ।सरकारले विद्यालय उमेरका बालबालिकालाई लक्ष्यित गरि विद्यालय भर्ना अभियान संचालन गरेको भएपनि त्यो दलित तथा गरीब बस्तीमा खासै प्रभावकारी बन्न सकेको छैन।

सरकारको कार्यक्रम अनुसास यश वर्षमा पनि विगतका वर्ष जस्तै विद्यार्थी भर्ना अभियान सुरु भईसकेको छ ।विद्यालय उमेरका बालबालिका शिक्षाबाट बञ्चित नहोस् भन्ने उदेश्यले सरकारले दलित तथा गरीब विद्याथीहरुका लागि केही आक्रशनका कार्यक्रम सचालन गरेपनि त्यो पभाकारी ह’न सकेको छैन।

दलित र गरीब समुदायका बालबालिका पढनका लागि विद्यालय गएपनी द्येरै बालबालिकाले बिचमा नै बिद्यालय छोडेर जाने गरेको महाबिर जनता मावि हरिपुरका विद्यालय व्यवस्थापन समितिका अद्ययक्ष उदयनारायण चौद्यरीले बताउनुभयो।अहिले शिक्षक , विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिद्यिहरु विद्यालय भर्ना अभियान सफल बनाउन घरदैलो गरिरहेका छन।

दलित समुदायका अभिभावकहरुसँग छोराछोरीलाई विद्यालय पठाउन आग्रह गदा उनीहरुले खलि समस्य मात्र देखाएर बालबालिका घरमै राख्ने गरेको लालबन्दी नगरपालिका ७ का वडा अद्ययक्ष मोहन भण्डारीले बताउनुभयो। ती समुदायका बालबालिकाको शैक्षिक अवस्था अत्यन्त कमजोर देखिएले उनीहरुलाई शिक्षातर्फ बढी आकर्षित गरी विद्यालय छाड्ने प्रवृत्तिको अन्त्य गर्न वडा कार्यालयले अभियान सुरु गरेकाले अब त्यस्तो नहुने भण्डारीले दावी गर्नु भयो ।

विगतमा शिक्षा कार्यालयले गर्ने द्येरै काम स्थानीय शिक्षा शाखाले गर्ने भएकाले विद्यालय भर्न अभियान प्रभावकारी हुने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका संयोजक चेतकुमार पोख्रेलले बताउनुभयो। दैनिक घर खर्च टार्न समस्या परेकाले छोराछोरीलाई विद्यालयमा पढन पठाउन नसकिएको हरिपुर १ का जगदीश मल्लीक डोमले बताउनुभयो ।तल्लो कक्षामा भर्न भएका ती बालबालिका माथिल्लो कक्षामा पुग्दा करिव ६० प्रतिशतले पढाइ छाडेर अन्यत्र जाने गरेको पाचकुमार माविमा शिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्