स्वयक्त सरकार चलाउने प्रदेश २ सरकारको रणनीति



कृष्णउदास खनाल, वीरगन्ज ।
मुलुक संघीय प्रर्णालीमा गएको करिब एक बर्षको अवधिमा नै प्रदेश नम्बर २ सरकारले भने केन्द्रीय सरकारलाई चुनौती दिने खालको निर्णय गर्न थालेपछि यो प्रदेशमा अन्यौलता बढेको छ ।

खासगरी प्रदेश २ सरकारले कर्मचारी भर्ना लगायतका बिषयमा केन्द्रीय सरकारसँगको सहकार्य तोड्ने नीति बनाएको हो । प्रदेश २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने समेत तयारी थालिएको छ।
प्रदेश २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाका लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारलाई बोधार्थ दिँदै वैशाख ३ गते नै लोकसेवा आयोगका अध्यक्षलाई सिधै पत्र लेखेर प्रदेश २ र त्यसभित्रका स्थानीय तहमा आवश्यक कर्मचारी प्रदेश लोकसेवा आयोग गठनपछि नै भर्ना गर्ने भन्दै सङ्घबाट विज्ञापन नखोल्न आग्रह गरेका गर्नुभएको थियो ।

संबिधान अनुसार नै प्रदेश सरकार स्वयक्त भएका कारण आफ्नो प्रदेशमा कर्मचारी भर्ना नलिन आफूले लोकसेवा आयोगलाई सचेत गराएको मुख्यमन्त्री पौडेलको भनाइ छ । यदी आफ्नो आग्रह सुनुवाइ नभए केन्द्रीय सरकारको निर्देशन पालना नगर्ने उहाँले चेतावनी दिनुभयो ।

प्रदेश २ सरकारको यो निर्णयलाई लोकसेवा आयोगले भने आपत्ति जनाइसकेको छ । सामान्य प्रशासन मन्त्री लालबावु पंडितले अहिले प्रदेशले आफ्नो कर्मचारी भर्ना गर्न नपाउने जिकिर गर्नुभएको छ । प्रदेश २ सरकारको यो निर्णयलाई धेरैले प्रदेश २ सरकरा भोलि अलग राज्यको हिसावले पो चल्ने होकि भन्ने आशंका गरेका छन् । यसले केन्द्र र प्रदेश सरकारककाबीचमा टकराव उत्पन्न हुने राजनीतिक बिश्लेषण बीरेन्द्र यादवको बुझाइ छ ।

प्रदेश २ सरकारले भने शुरुमा कर्मचारी भर्ना गनैृ र अनि बिस्तारै सेना र प्रहरी समेत आफ्नो बनाउने सोचमा रहेको प्रदेश २का कानुनमन्त्री ज्ञानेन्द्र यादवले सार्वजनिक कार्यक्रममा भनिसकेका छन् । प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाका अनुसार प्रदेश लोकसेवा आयोग विधेयक प्रदेशसभामा दर्ता भएको छ।

विधेयकमा सबै राजनीतिक दलबीच मोटामोटी सहमति भएकाले १० दिनभित्र उक्त विधेयक पारित गराउने सरकारको लक्ष्य रहेको झाले बताउनुभयो ।

उहाँले नेपालको संबिधानले नै प्रदेशलाई अधिकार दिएका कारण त्यसैको आधारमा आफूहरु अगाडि बढेको जिकिर गर्नुभयो । प्रदेश २ मा हाल राजपा र फोरमको संयुक्त सरकार छ भने नेकपा र काँग्रेस प्रतिपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्