३५ किलो अवैध गाँजासहित तीन जना पक्राउ



सर्लाही ।
सर्लाहीको लालबन्दीबाट प्रहरीले ३५ किलो अवैध लागूऔषध गाँजा सहित बिहीबार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ का ५६ वर्षीयका बिजबहादुर गोले, लालबन्दी नगरपालिका–१४ नारायणखोलाका ३५ वर्षीय धर्मलाल वाइवा र ३५ वर्षीय लालबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरीले सुराकीको आधारमा गोलेको घरमा लुकाएर राखिएको अवैध लागू औषध गाँजा बरामद गरेको हो ।गाँजा तस्कसरले उतरी गाउको नारायणखोलादेखि लुकाइछिपाई ल्याएर गोलेको घरमा भण्डारण गरेर राख्ने खुल्ला भएको छ ।

गाँजासहित पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरीएको छ। तस्करले विभिन्न स्थानबाट लुकाई छिपाई अवैध लागूऔषध गाँजा सर्लाहीको बाटो हुँदै भारत लैजाने गरेको छ।प्रहरीले बुधबार पनि बागमतीबाट पाच किलो गाजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्