उनै त महादेव



घर जग्गाको लाजपुर्जा आफ्नो नाममा छ, ब्याङमा यति व्यालेन्स छ भनेर ढुक्क हुने दिन गएछन् प्रभु । सर्वसाधारणलाई न्याय दिने, अभिभावकको भूमिका निर्वाह गर्ने प्रधानमन्त्री र प्रधानन्यायधिश निवासै असुरक्षित भएसी आम सर्वसाधारण सुरक्षित हुने कुरै भएन । प्रधानमन्त्री र प्रधानन्यायधिश निवासको जग्गा व्यक्तिको नाममा भएसी यो मुलुकाँ सर्वसाधारण कसरी ढुक्क हुने ?

भूमाफियाले ‘फूमन्त्र’ गरेसी ३४ रोपनी १३ आना २ पैसा क्षेत्रफलको प्रधानमन्त्री निवासको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । त्यसैगरी १४ रोपनी १० आना क्षेत्रफलको प्रधानन्याधिस निवासको २ रोपनी १४ आना जग्गा पनि व्यक्ति नै नाममा पुगेसी कुरो खत्तम भएन त ?

ठूला बडा बस्ने ठामको जग्गा त रातारात सट्¥याक सुटुक अर्कैमा नाउँमा सर्ने रै’छ भनेसी आम सर्वसाधारणको सम्पत्तिको के कुरा भो र ? न्याय खोज्न न्यायालय पुगौ भने उसलाई नै अन्याय भा’रैछ भनेसी अब न्याय नपाए गोर्खा जानु त होला नि ! दुःख पीडामा परेकाले प्रधानमन्त्रीलाई ‘लौन हजुर दुःख भयो भन्दै विलौना गर्ने दिन पनि अन्त्य भएछ भन्ने बुझियो । उल्टै प्रधानमन्त्रीले ‘आफै त महादेव…’ भन्ने अवस्था पो रै’छ ।

प्रतिक्रिया दिनुहोस्