शब्द खर्च नगरम



यो ‘ओझेल’ र ‘छायाँ’ भन्ने शब्द सुन्दा सामान्य लागेपनि व्यवहारिक पक्ष अचम्मैको छ भन्या । कसैको ब्वाई फ्रेन्ड वा गल फ्रेन्ड चुस्स देख्दा देख्दै कुनै भौतिक वस्तु वा भीडभाडले यसो ओझेलमा पारोस त तनाव कसलाई बढी हुन्छ ? यसको जवाफ पाठकवृन्दलाई नै थाहा होला ।

कुरो गल फ्रेन्ड र ब्वाई फ्रेन्डको मात्रै होइन, अन्य घटनाक्रममा पनि त्यस्तै तनाव हुन्छ भन्या । दुई साता अघि परराष्ट्रमन्त्री जेनेभा पुग्या र राष्ट्र संघिय मानव अधिकार परिषद्लाई सम्बोधन ग¥या समाचार यता पर्यटनमन्त्री अधिकारीको दुःखत निधनले सोझै ओझेलमा पा¥यो अनि अधिकारीको निधन केही हदसम्म ओझल पा¥यो पाका बाम नेता भरत मोहनको निधनले ।

त्यसैगरी अदालतको निर्णयले फेरी चर्चामा आएका रेशम चौधरीको चर्चा राजपाले निकै शिखरमा पु¥याउला भन्या त सीकेले चौधरी मात्रै होइन राजपालाई पनि सोझै ओझेल पा¥या छन् । सीके खुलेआम भएसी तराईमा राजपा र फोरमलाई ठूलै टाउको दुःखाई भएको छ भन्ने चर्चा राम्रैसँग चल्न थाल्या छ । धरहरालाई लाग्या कुरा अब सीकेलाई ओझेल पार्ने कसले ?

प्रतिक्रिया दिनुहोस्