चैत ४ गतेपछि खुला दूध बिक्री गर्न नपाइने



Filling the glass with milk

पाल्पा, (नेस)
सरकारले जारी गरेको दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका चैत ४ गतेदेखि पाल्पामा पनि लागू हुने भएको छ।

निर्देशिका लागू भएपछि खुला प्लाष्टिकमा दूध बिक्री गर्न पाइने छैन। निर्देशिका अनुसार डेरी उद्योगले खुला तथा प्रशोधित नगरिएको दूध बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। अबका दिनमा दूध डेरी उद्योगले लेवलिङ गरेको दूध मात्र बिक्री वितरण गर्न पाउने छन्। निर्देशका पारित भएको ६ महिनापछि अनिवार्य रूपमा लागू हुने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले दूध उत्पादक, संकलनकर्ता, दूध संकलन सहकारी, ढुवानीकर्ता, चिस्यान केन्द्र, दूध बिक्रेता तथा डेरी उद्योग, उपभोक्तावादी संघसंस्थाबीच छलफल गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले खाद्य स्वच्छता तथा दूधजन्य खाद्य पदार्थसम्बन्धी कार्यक्रममा जिल्लाका सरोकार निकायसंँग उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय दूध वितरण गर्ने विषयमा छलफल गराएको हो। दूध उत्पादन गर्ने किसानले अपनाउनुपर्ने सावधानी, दूध दुहिने भाडाको सरसफाई, गोठको सरसफाई, दुध दोहिई सकेपछि अपनाउनुपर्ने प्रक्रिया, दूध दुहेको २ घण्टाभित्र चिस्यान केन्द्रमा लैजानुपर्ने, बिरामी गाईं भंैसीको दूध बिक्री गर्न नहुनेलगायतका विषयमा छलफल भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अनुसन्धान अधिकृत हर्षबहादुर राईले बताउनुभयो।

सरकारले तोकेको मापदण्ड अनुसार दूध बिक्री गर्नुपर्ने, दूधजन्य उत्पादन दही, पनिर, खुवा कुराउनी, नियमअनुसार बिक्री गर्नुपर्ने उहाँको भनाइ थियो। नीति नियम र निर्देशिका अनुसार दूधजन्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्न प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्